देशभरका ४८ लाख बढी बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप « Khabarhub

देशभरका ४८ लाख बढी बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ४८ लाखभन्दा बढी बालबालिकाले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म करिब ४८ लाख ८१ हजार ५४४ ले खोप लगाएका हुन् । मुलुकभर कुल ५७ लाख ४२ हजार ९९३ बालबालिका खोपको दायरामा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक छ ।

देशभर ५ देखि १५ वर्ष मुनिका ३६ लाख १२ हजार ३१० र ९ महिनादेखि ५ वर्ष मुनिका २१ लाख ३० हजार ६८३ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी सरकारको छ । देशभर ८५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएको मन्त्रालयका प्रवक्ता डा‍. प्रकाश बुढाथोकीले बताए ।

देशव्यापीरुपमा दादुरा–रुबेला खोप अभियान गत फाल्गुन १३ देखि चैत्र ७ गतेसम्म जारी रहने छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ५ : ४६ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न