देशभरका ४८ लाख बढी बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप « Khabarhub

देशभरका ४८ लाख बढी बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ४८ लाखभन्दा बढी बालबालिकाले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म करिब ४८ लाख ८१ हजार ५४४ ले खोप लगाएका हुन् । मुलुकभर कुल ५७ लाख ४२ हजार ९९३ बालबालिका खोपको दायरामा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक छ ।

देशभर ५ देखि १५ वर्ष मुनिका ३६ लाख १२ हजार ३१० र ९ महिनादेखि ५ वर्ष मुनिका २१ लाख ३० हजार ६८३ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी सरकारको छ । देशभर ८५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएको मन्त्रालयका प्रवक्ता डा‍. प्रकाश बुढाथोकीले बताए ।

देशव्यापीरुपमा दादुरा–रुबेला खोप अभियान गत फाल्गुन १३ देखि चैत्र ७ गतेसम्म जारी रहने छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ५ : ४६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल