पहिचानसहितको प्रदेश नामाङ्कन गर्न आन्दोलनको नेतृत्व गर्ने जनमतको निर्णय | Khabarhub Khabarhub

पहिचानसहितको प्रदेश नामाङ्कन गर्न आन्दोलनको नेतृत्व गर्ने जनमतको निर्णय


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

पर्सा – जनमत पार्टीले मधेस–थरूहट आन्दोलनको मर्म बमोजिम लुम्बिनी प्रदेशको सीमाङ्कन तथा नामाङ्कन परिवर्तन गराउन नेतृत्व गर्ने निर्णय गरेको छ ।

पर्सा जिल्लाको वीरगञ्जमा आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पहिचानको आन्दोलनको नेतृत्व गर्नेसहितका विभिन्न विषयमा ११ बुँदे निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता डा शरदसिंह यादवले प्रदेश एकमा चलिरहेको पहिचान आन्दोलनको मर्म बमोजिम पहिचानसहितको प्रदेश सीमाङ्कन तथा नामाङ्कन गर्न आन्दोलनको नेत्तृत्व गर्ने निर्णय जानकारी दिए ।

बैठकले १० गुणा सङ्गठन विस्तार गर्ने लक्ष्य लिई काम गर्ने निर्णय गरेको उनले बताए । उनले भने, “आगामी रणनीति विषयमा छलफल हुँदा सडक, सदन र सरकार तीनै मोर्चाको लागि सशक्त तयारी गर्ने निर्णय भएको छ ।”

शनिबार र आइतबार दुई दिन, पार्टीका अध्यक्ष डा सीके राउतको अध्यक्षतामा बसेको उक्त बैठकले कार्यप्रगति समीक्षा विषयमा छलफल गरेको थियो ।

बैठकले सङ्गठन विस्तार विषयमा सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भातृसङ्गठनको गठनमा जोड दिने, अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेर समूह, व्यवसाय समूह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टीले आगामी जेठ १५ गते काठमाडौँमा सञ्चालन गर्ने आमसभालाई भव्यताका साथ सम्पन्न गर्न तयारीबारे निर्णय गरेको छ । प्रवक्ता यादवले भने, “सदस्यता र सङ्गठन विस्तार, पार्टी प्रवेश तथा अधिवेशनका कार्यक्रमका साथ–साथै सशक्त आन्दोलनका लागि युवादस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने निर्णय गरेका छौँ ।”

प्रदेशहरूलाई अधिकार सम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐन कानुन तत्काल निर्माण गराउन पहल गर्ने, आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने र आगामी रोपाई यामको लागि किसानलाई मलखाद र बीउविजनको समयमै सहज उपलब्धताको लागि सरकारलाई दबाब दिने निर्णय पनि बैठकले गरेको छ ।

मधेसमा गर्मीयाममा हुने गरेको खानेपानीको अभावको समस्याका लागि पूर्वतयारी गर्न स्थानीय सरकारलाई आवश्यक बजेट प्रदान गर्न सङ्घीय सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ८ : ४३ बजे

राजस्व सङ्कलनमा ९ प्रतिशत बढीले वृद्धि

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–०८२ मा तीन

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु

पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५

अक्करे !

काठमाडौं- शिर फूल शिरमाथप्पडी मार्दै लै लै अक्करे भीरमा …

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल चयन

काठमाडौं– राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ