स्ट्रबेरी खेतीबाट मनग्य आमदानी « Khabarhub

स्ट्रबेरी खेतीबाट मनग्य आमदानी


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिका-१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु गरेका व्यावसायिक स्ट्रबेरी (भूईंकाफल) खेतीमा विस्तार गर्दै लगेका छन् ।

कोरोना महामारीका समयमा धेरैले रोजगारी गुमाइरहेका बेला विष्टले भने स्वरोजगार बन्ने जुक्ति निकाले स्ट्रबेरी खेती सुरु गरेका थिए । उनी उक्त काममा कत्तिपनि विचलित नभइ निरन्तरको मेहनतले व्यवसायको दायरा बढाउँदै गएका छन्  । 

दैनिक हजारौँ युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा स्वदेशमै केही गरौँ भन्ने लाग्नलाई विष्टको स्ट्रबरी खेती उदाहरणीय बन्ने गरेको छ । अहिले विष्टले यही खेतीबाट नाम र दाम पनि कमाउँदै आएका छन् । उनले आफ्नै माटोमा बगाएको पसिनाले प्रत्येक वर्ष मुनाफा बढाइरहेको बताए। 

विष्टले आफ्नो १० रोपनी जग्गामा स्ट्रबेरी रोपेर युवालाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सन्देश दिने अभियानमा लागेको बताए। बयालीस वर्षीय विष्टले स्ट्रबेरी रोप्ने सीप सिकेर व्यवसाय थालेका हैनन् । उनले रोपेको देखेर र भनेको सुनेको भरमा काम थालेको उनको भनाइ छ ।

गतवर्ष स्ट्रबेरी बेचेर सबै खर्च काट्दा पनि  ४० लाख मुनाफा भएको विष्टले जानकारी दिए । उनले यसवर्ष ५० हजार केजी उत्पादन गर्ने लक्ष्य लिएको भन्दै यसबाट गत वर्षभन्दा बढी आम्दानी हुने बताए।

उनले स्ट्रबेरी खेतीका लागि बनेपा र ककनीमा गरी एक लाख बिरुवा राेपेका छन् । विष्टले भने, ‘बिरुवा र उत्पादनका लागि अब बजारको समस्या छैन, आफैँ बिरुवा उत्पादन गर्न थालेको छु ।’ उनले चितवन, नवलपरासी र बारामा स्ट्रबेरी खेतीका लागि अध्ययन भइरहेको भन्दै गत वर्ष ४० हजार बिरुवा उत्पादन गरी केही बिक्री गरेको जानकारी दिए।   

दुई महिनामा हुर्केको स्टेबरीले उत्पादन दिन थाल्छ । हाल स्ट्रबेरीको बजारमा प्रतिकेजी तीन सयदेखि रु सात सयसम्ममा बिक्री हुने गरेको विष्टले बताए। बनेपा र आसपासका किसानले खेतमै आएर हेर्ने र किनेर लैजाने गर्न थालेका उनको भनाइ छ । 

करिब रु ४० लाख लगानीबाट थालिएको व्यवसायमा अहिले उनको रु दुई करोड लगानी पनि थपिएको छ । अमर भूमण्डलीय बहुउद्देश्यीय कृषि फर्म दर्ता गरी नयाँनयाँ काम सुरु गरिएकाले लगानीमा पनि वृद्धि हुँदै गएको हो । 

विष्टको व्यवसायमा अहिले स्ट्रबेरी मात्र छैन, करिब दुई सय बोट ड्रागनफ्रुट पनि उत्पादन हुने क्रममा रहेका छन् । परीक्षणका रुपमा रोपिएका ड्रागनफ्रुटको उत्पादनलाई हेरी व्यावसायिकता दिने सोचमा उनी छन् । फार्ममा स्थानीयवासीले रोजगारी पाएका छन् । तीन जनालाई नियमित तथा दैनिक आवश्यकता अनुसार कामदार लगाउने गरेको विष्टको भनाइ छ । 

हाल मुक्तिको व्यवसायमा कुखुरापालन र बाख्रापालन पनि देख्न सकिन्छ । उनको फार्ममा पाँच सयदेखि एक हजारसम्म कडकनाथ जातका काला कुखुरा छन् । जसबाट उत्पादन भइरहेको अण्डा र मासु बिक्री भइरहेको छ । 

व्यवसायका लागि विष्टले वित्तीय संस्थाबाट ऋण लिएको बताए । 

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  २ : ३५ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको