ई-रिक्सा चालकलाई सवारीचालक परिचयपत्र | Khabarhub Khabarhub

ई-रिक्सा चालकलाई सवारीचालक परिचयपत्र


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

खजुरा– नेपालगन्ज उपमहानगरपालिकाले ई–रिक्सा चालकलाई सवारीचालक परिचयपत्र वितरण सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले सुरुआतमा एक सय १७ जनालाई चालक परिचयपत्र वितरण गरे । 

उपमहानगरपालिकाले पछिल्लो समय ई-रिक्सा चालकलाई परिचयपत्र वितरणका साथै बीमा र अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ । नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिले ई-रिक्साको व्यवस्थापनको काम गरिरहेको छ । 

ई-रिक्सा चालकको सुरक्षाका लागि परिचयपत्रसहित स्वास्थ्य बीमा गर्ने योजना अगाडि बढाएको नगर प्रमुख विष्टले बताए । 

उनले भने, ‘नेपालगञ्जमा ई–रिक्साको व्यवस्थापन गर्न जरुरी छ, ई–रिक्सा चालकले नेपालको कानुन अनुसार सुरक्षित भएर काम गर्ने वातावरण पाउनुपर्छ ।’ उनीहरुको पेसागत सुरक्षा र यात्रीको सुरक्षाका लागि कार्यविधि बनाएर काम गरिरहेको उनले भने । 

नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिका अध्यक्ष कुमारसिंह ठकुरीले ई–रिक्सा चालकलाई विज्ञबाट ट्राफिक नियम तथा बीमाको बारेमा अभिमुखिकरण गर्दै चालक परिचयपत्र वितरण गरिने बताए । 

नेपालगञ्जमा सञ्चालित ई–रिक्साका चालकलाई बेला ट्राफिक नियमबारेमा सचेतना अभियान थालिएको नेपालगञ्ज अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक प्रवीण  आचार्यले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ३ : २६ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको