युएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा « Khabarhub

युएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी प्रिमियर कपमा युएईले कम्बोडियामाथि फराकिलो जित हासिल गरेको छ ।

समुह बि को समुह चरणको अन्तिम खेलमा युएईले कम्बोडियालाई ९ विकेटले पराजित गरेको हो । कम्बोडियाले दिएको ७७ रन्को लक्ष्य पछाएको युएईले ५.१ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि कम्बोडियाले पहिला ब्याटिङ गर्दै १९ ओभरमा अल आउट हुँदै ७६ रन मात्र बनाएको थियो ।

यो जितपछि युएईको ४ खेलमा ६ अंक भएको छ र अहिले शीर्ष स्थानमा उक्लिएको छ । यो जितपछि युएई सेमिफाइनलमा पुग्ने निश्चित भएको छ र अब समुह बि को विजेता उपविजेताको टुंगो भने अहिले जारी रहेको ओमान र कुवेतबीचको खेल पछि मात्र लाग्ने छ । 

ओमानले कुवेतलाई हराएमा युएई उपविजेता हुने छ र सेमिफाइनलमा नेपालसँग खेल्ने छ । अर्को तर्फ कुवेतले ओमानलाई पराजित गरेमा भने रनरेट निर्णायक हुने छ ।

समुह बी बाट बहराइन र कम्बोडिया यस अघि नै बाहिरिइसकेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ६ : ५४ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर