गाजा युद्धविराममा इजराइल-हमास वार्ता रोकियो- मध्यस्थकर्ता कतार « Khabarhub

गाजा युद्धविराममा इजराइल-हमास वार्ता रोकियो- मध्यस्थकर्ता कतार


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

दोहा– गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजराइल र हमासबीचको वार्ता रोकिएको कतारका प्रधानमन्त्रीले बुधबार बताएका छन् ।

प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीले रोमानियाली प्रधानमन्त्री मार्सेल सियोलाकुसँगको पत्रकार सम्मेलनमा भने, ‘हामी केही अवरोधसाथ संवेदनशील चरणबाट गुज्रिरहेका छौँ र हामीले यो अवरोधलाई हटाउन हरसम्भव प्रयास गरिरहेका छौँ ।’

अमेरिका र इजिप्टसँग कतार गाजामा युद्धविराम सुनिश्चित गर्न र इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा इजराइली बन्धकको रिहाईका लागि धेरै सातादेखि पर्दापछाडिको वार्तामा संलग्न छ । 

प्रधानमन्त्री शेख मोहम्मदले भने, ‘अगाडि बढ्न, गाजामा मानिसहरूले भोगिरहेको पीडाको अन्त्य गर्न तथा बन्धकहरूलाई फिर्ता गर्न वार्ताकारहरूले प्रयास गरिरहेका छन् ।’

मध्यस्थकर्ताहरूले रमजानको प्रारम्भभन्दा अघि नै युद्धविराम हुने अपेक्षा गरेका थिए तर गत साता समाप्त भएको मुस्लिम पवित्र महिनामा शत्रुता अन्त्यमा बिना प्रगति बारम्बार वार्ता असफल भयो । यसको सट्टा यसै साताको अन्त्यमा आफ्नो कट्टर दुस्मन इजराइलमाथि इरानको पहिलो प्रत्यक्ष आक्रमणपछि गाजामा महिनौँदेखि जारी युद्ध क्षेत्रीय युद्धमा परिणत हुने डर बढेको छ ।

उनले गाजाका बासिन्दाले ‘घेराबन्दी र भोकमरी’ को सामना गर्नुपरिरहेको भन्दै मानवीय सहायतालाई ‘राजनीतिक ब्ल्याकमेलको उपकरण’ का रूपमा प्रयोग गरिएको बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ६ : ५९ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर