गाजा युद्धविराममा इजराइल-हमास वार्ता रोकियो- मध्यस्थकर्ता कतार | Khabarhub Khabarhub

गाजा युद्धविराममा इजराइल-हमास वार्ता रोकियो- मध्यस्थकर्ता कतार


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

दोहा– गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजराइलहमासबीचको वार्ता रोकिएको कतारका प्रधानमन्त्रीले बुधबार बताएका छन् ।

प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीले रोमानियाली प्रधानमन्त्री मार्सेल सियोलाकुसँगको पत्रकार सम्मेलनमा भने, ‘हामी केही अवरोधसाथ संवेदनशील चरणबाट गुज्रिरहेका छौँ र हामीले यो अवरोधलाई हटाउन हरसम्भव प्रयास गरिरहेका छौँ ।’

अमेरिका र इजिप्टसँग कतार गाजामा युद्धविराम सुनिश्चित गर्न र इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा इजराइली बन्धकको रिहाईका लागि धेरै सातादेखि पर्दापछाडिको वार्तामा संलग्न छ । 

प्रधानमन्त्री शेख मोहम्मदले भने, ‘अगाडि बढ्न, गाजामा मानिसहरूले भोगिरहेको पीडाको अन्त्य गर्न तथा बन्धकहरूलाई फिर्ता गर्न वार्ताकारहरूले प्रयास गरिरहेका छन् ।’

मध्यस्थकर्ताहरूले रमजानको प्रारम्भभन्दा अघि नै युद्धविराम हुने अपेक्षा गरेका थिए तर गत साता समाप्त भएको मुस्लिम पवित्र महिनामा शत्रुता अन्त्यमा बिना प्रगति बारम्बार वार्ता असफल भयो । यसको सट्टा यसै साताको अन्त्यमा आफ्नो कट्टर दुस्मन इजराइलमाथि इरानको पहिलो प्रत्यक्ष आक्रमणपछि गाजामा महिनौँदेखि जारी युद्ध क्षेत्रीय युद्धमा परिणत हुने डर बढेको छ ।

उनले गाजाका बासिन्दाले ‘घेराबन्दी र भोकमरी’ को सामना गर्नुपरिरहेको भन्दै मानवीय सहायतालाई ‘राजनीतिक ब्ल्याकमेलको उपकरण’ का रूपमा प्रयोग गरिएको बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ६ : ५९ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं