संसदीय छानबिन समिति बनाउन प्रतिपक्षी दल एकजुट « Khabarhub

संसदीय छानबिन समिति बनाउन प्रतिपक्षी दल एकजुट


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा शुक्रबार नयाँ बानेश्वरमा बसेको प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठकले संसदीय छानबिन समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेका हुन् ।

बैठकले समिति गठनका लागि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदीय समिति गठन हुनुपर्नेमा प्रतिपक्षी दलहरू एकमत भएका जानकारी दिए ।

‘छानबिन समिति बन्नु पर्छ भन्नेमा हामी एकमत छौँ,’ उनले खबरहबसँग भने, ‘सभामुख तटस्थ देखिनु भएन । समिति गठनका लागि सभामुखको ध्यानाकर्षण गराउँछौँ ।’

बैठकमा राप्रपाले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष गृहमन्त्री लामिछानेले संसद्‌मा बोल्न पाउनु पर्ने प्रस्ताव गरेको पनि उनले बताए । 

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  १ : १२ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र