मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’  « Khabarhub

मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ 


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षाले पुँजी बजारलाई सम्बोधन नगरेको भन्दै लगानीकर्ताले ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भन्दै प्रतिक्रिया दिएका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ८ पेजको ८ पृष्ठ लामो समीक्षामा पुँजीबजारको विषयमा कहीँ कतै सम्बोधन भएको देखिँदैन । राष्ट्र बैंकले समीक्षामा शेयर बजारको विषयलाई एक शब्दले पनि पनि सम्बोधन नगर्दा बजारमा नकारात्मक असर पर्ने लगानीकर्ताहरूको धारणा छ ।

अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र शेयर बजारको बारेमा मौद्रिक नीतिमा समावेश नहुनु आश्चर्यजनक विषय भएको उनीहरूको धारणा छ ।

पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिको समीक्षालाई लिएर सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि पोखेकी छिन् । ‘सन्दर्भ : सेयर बजारका लागि मौद्रिक नीतिको त्रैमासिक समीक्षा ! ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात !!’ अध्यक्ष पोखरेलले लेखेकी छिन् ।

अर्का लगानीकर्ता छोटेलाल रौनियारले पनि मौद्रिक नीतिको समीक्षामा शेयर बजारलाई ‘क’ पनि उच्चारण नगरिएको भन्दै शेयर बजारसँग सम्बन्धित बजेट र मौद्रिक नीतिको तालमेल नमिलेको बताएका छन् ।

‘तेस्रो मौद्रिक नीतिको समीक्षाले शेयर बजारलाई केही पनि असर गरेन’, रौनियारले खबरहबसँग भने, ‘राष्ट्र बैंकले शेयर बजारमा राम्रो नदेखेकाले राम्रो समीक्षा गर्न सकेन र नराम्रो गर्ने कुरा भएन, त्यो भएर शेयर बजारको ‘क’ पनि आएन ।’

अर्का शेयर बजार विश्लेषक दिनेश आचार्यले भने मौद्रिक नीतिले शेयर बजारको समीक्षा नगर्ने धारणा राखेका छन् ।

समीक्षामा उल्लेख गरिएको ‘बैंक तथा वित्तीय संस्थाहरूको १ वर्ष अवधि व्यतीत भई सकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ’ व्यवस्थाले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने आचार्यले बताए ।

‘२० प्रतिशतसम्म बिक्री गर्ने पाउने व्यवस्थाले त शेयर बजारमा सकारात्मक असर पर्छ’, आचार्यले भने, ‘पुँजी बजारमा राष्ट्र बैंकले लिएको बाटो ठिक छ ।’

अबको केही दिनमा बजेट आउने र बजेट पछि आउने वार्षिक मौद्रिक नीति कस्तो आउँछ भन्ने कुराले शेयर बजारमा असर पर्ने आचार्यको भनाइ छ । ‘शेयर बजारमा अब आउने बजेट र त्यसपछि आउने वार्षिक मौद्रिक नीति महत्त्वपूर्ण हो’, आचार्यले भने, ‘मैले त तेस्रो समीक्षामा पनि बजारलाई सकारात्मक असर गर्ने केही कुराहरू सुधार भएको देख्छु ।’

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ३ : २४ बजे

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित