नेपाललाई पाँचौ सफलता : बंगलादेशले ५२ रन बनाउँदा पाँच विकेट गुमायो « Khabarhub

नेपाललाई पाँचौ सफलता : बंगलादेशले ५२ रन बनाउँदा पाँच विकेट गुमायो


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले पाँचौ विकेट हात पारेको छ । ९ ओभरको समाप्तिमा बंगलादेशले ५२ रन बनाउँदा पाँचौं विकेट गुमाएको हो ।

नेपालका सोमपाल कामीले बंगलादेशको पहिलो विकेट पहिलो बलमै लिएका थिए भने दोस्रो विकेट दोस्रो ओभरको तेस्रो बलमा दीपेनद्रसिंह ऐरीले लिएका थिए। तेस्रो विकेट सोमपाल कामीले पाँचौ ओभरको तेस्रो बलमा लिए। चौथो विकेट कप्तान पौडेलले छैटौं ओभरको तेस्रो बलमा लिएका हुन्। पाँचौ विकेटको रुपमा नेपालले सन्दीप लामिछानेको बलमा बंगलादेशका महमुदुल्लाहलाई रनआउट गरेको हो।

सोमपाल कामीले पहिलो बलमा बंगलादेशका तान्जिद हसनको विकेट लिए। सोमपालले आफ्नै बल आफै क्याच गरेर पहिलो बलमा विकेट लिएका हुन्। दोस्रो ओभर बलिङ गर्न आएका दीपेन्द्रले ओभरको तेस्रो बलमा पाकिस्तानका कप्तान नजमुल हुसेन शान्तोलाई आउट गरेका हुन्। ५ बलमा चार रन बनाएर खेल्दै गरेका कप्तान शान्तोलाई दीपेन्द्रले आउट गरेका हुन्।

सोमपालले व्यक्तिगत दोस्रो विकेटको रुपमा लिटन दासलाई १२ बलमा १० रनमै आउट गरेका हुन्। चौथो विकेटको रुपमा कप्तान पौडेलले तौहिद हृदयलाई ७ बलमा ९ रन बनाउँदा आउट गरेका हुन्।

पाँचौ विकेटको रुपमा नेपालले सन्दीप लामिछानेको बलमा बंगलादेशका महमुदुल्लाहलाई रनआउट गरेको हो। उनले १३ बलमा समान १३ रन बनाएका थिए। १० ओभरको समाप्तिमा नेपालले ५ विकेट लिएर बंगलादेशलाई ५७ रन दिएको छ।

 

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ६ : ०४ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको