विश्वकपको अन्तिम खेलमा नेपाल २१ रनले पराजित : बंगलादेश सुपर ८ मा « Khabarhub

विश्वकपको अन्तिम खेलमा नेपाल २१ रनले पराजित : बंगलादेश सुपर ८ मा

विश्वकपको चार खेलमा जितबिहीन नेपाल


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।

सोमबार बिहान किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १०६ रन बनाएको थियो। बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल पुरै १९.२ ओभरमा ८५ रन बनाएर अलआउट भएको हो।

यो हारसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट स्वदेश फर्किने भएको छ। बंगलादेश भने विश्वकपको सुपर ८ प्रवेश गरेको छ।

नेपालका लागि कुशल मल्लले ४० बलमा सर्वाधिक २७ रन जोडे। उनले एक चौका र एक छक्का प्रहार गरे।

दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए। ३१ बलको सामना गर्दै दुई चौका र एक छक्का हिर्काए। ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए।

नेपाललाई सस्तैमा समेट्न बंगलादेशका तान्जिम हसन साकिबले चार विकेट लिए । चार ओभरमा दुई मेडेन राख्दै उनले मात्र सात रन खर्चिए नेपालको महत्त्वपूर्ण चार विकेट लिएका हुन् । मुस्तफिजुर रहमानले चार ओभरमा सात रन खर्चेर तीन विकेट लिँदा साकिब अल हसनले दुई विकेट लिए ।

नेपालविरुद्ध सुरुमा ब्याटिङ गरेको बंगलादेशका सकिब अल हसनले सर्वाधिक १७ रन बनाए । महमुदुल्लाह र रिसाद होसैनले १३/१३ रन जोडे । नेपालको कसिलो बलिङविरुद्ध १०६ बलमा अलआउट हुँदा बंगलादेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।

नेपाली टोलीका बलर सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट हात पारे। नेपालले बंगलादेशका दुई ब्याट्सम्यानलाई रनआउट गरेको थियो।

नेपालका लागि सोमपाल कामीले बंगलादेशको पहिलो ओभरको पहिलो बलमै तानजिद हसनलाई शून्यमा आउट गरेका थिए। सोमपालले आफ्नो बलमा आफैं क्याच गर्दै पहिलो बलमा शानदार विकेट लिएका हुन्।

नेपालका लागि दोस्रो विकेट दीपेन्द्रसिंह ऐरीले लिए। उनले बंगलादेशको तेस्रो नम्बरका ब्याट्सम्यान कप्तान नजमुल होसैन सान्तोलाई चार रनमै आउट गरेका हुन्।

सोमपाल कामीले व्यक्तिगत दोस्रो विकेटका रुपमा बंगलादेशका अर्का ओपनर लिटन दासलाई आउट गरे। दास १० रन बनाउँदा आउट भएका हुन्। सोमपालको बलमा उनी विकेटकिपर आसिफ शेखबाट क्याच भएका थिए।

नेपाली कप्तान रोहित पौडेलले बंगलादेशको चौथो विकेट लिए। उनले बंगलादेशका पाँचौँ नम्बरका ब्याट्सम्यान तोहिद हृदोयलाई ९ रनमै आउट गरेका हुन्। पौडेलको बलमा तोहिद सन्दीप लामिछानेबाट क्याचआउट भए।

बंगलादेशले पाँचौ विकेट महमुदुल्लाहलाई १३ रन बनाउँदा गुमाएको थियो। उनलाई रनआउट गर्न भुल्सन झा र सन्दीप लामिछानेले मेहनत गरेका थिए।

नेपालले बंगलादेशका अनुभवी ब्याट्सम्यान सकिब अल हसनलाई नेपालले छैटौं विकेटको रुपमा पेभिलियन फर्कायो। उनलाई नेपालका कप्तान पौडेलले व्यक्तिगत दोस्रो विकेटको रुपमा आउट गरेका हुन्। उनी रोहितको बलमा एलबिडब्ल्यु धरापमा परेका थिए।

नेपालका स्पिन बलर सन्दीप लामिछानेले बंगलादेशको सातौँ विकेट लिए। उनले सातौं विकेटको रुपमा बंगलादेशका तानजिम हसन सकिबलाई मात्र तीन रन बनाउँदा बोल्ड आउट गरे। सन्दीपले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा व्यक्तिगत सय विकेट पूरा गर्दै बंगलादेशको आठौं विकेट लिएका हुन्। बंगलादेशका जाकेर अलीलाई १२ रनमा आउट गर्दा सन्दीपले आफ्नो सय विकेट पूरा गरेका हुन्। सन्दीपको बलमा अली आठौं विकेटको रुपमा बोल्ड भएका थिए।

बंगलादेशको नवौँ विकेट दीपेन्द्रसिंह ऐरीले हात पारे। रिसाद होसैलाई १३ रनमा दीपेन्द्रले अनिल साहबाट क्याच गराएका हुन्। बंगलादेशले अन्तिम विकेटको रुपमा मुतफिजुर रहमानलाई गुमाएको थियो। दीपेन्द्रको बलमा कप्तान रोहित पौडेलले उनलाई तीन रन बनाउँदा रन आउट गराएका थिए।

जितबिहीन नेपाल

विश्वकपको समूह ‘डी’मा रहेको नेपाल १४ वर्षपछि विश्वकप खेल्दै बिना जित स्वदेश फर्किने भएको हो। नेपालले नेदरल्याण्डससँग ६ विकेटको हारबाट विश्वकपको सुरुवात गरेको थियो।

दोस्रो खेलमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएको थियो। उक्त खेलमा एक अंक बाँडेको नेपाल त्यसपछिका दुई खेलमा जितबिहीन बनेको हो। तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको नेपाल सोमबार बंगलादेशसँग २१ रनले पराजित भएसँगै बिना जित विश्वकपबाट स्वदेश फर्किने भएको हो।

चार खेलमा जितबिहीन भएको नेपालले दक्षिण अफ्रिकासँग गरेको प्रदर्शनलाई भने विश्व क्रिकेटले कहिल्यै बिर्सने छैन। उक्त खेलमा ११५ रनको लक्ष्य पछ्याएको नेपाल ११४ रन बनाउँदै १ रनले पराजित भएको थियो।

नेपाल रहेको समूह ‘डी’बाट दक्षिण अफ्रिका र बंगलादेश सुपर ८ प्रवेश गरेका छन् । अपराजित दक्षिण अफ्रिका ८ अंकसहित शीर्ष स्थानमा र एक खेलमा पराजित बंगलादेश ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै सुपर ८ प्रवेश गरेका हुन् । यो समूहमा रहेका नेदरल्यान्ड्स, श्रीलंका र नेपाल भने विश्वकपबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ८ : ४४ बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई