निजी रित्तिँदा सेनाको पम्पमा ओइरिए उपभोक्ता (तस्बिरहरू) « Khabarhub

निजी रित्तिँदा सेनाको पम्पमा ओइरिए उपभोक्ता (तस्बिरहरू)



काठमाडौं- नेपाल पेट्रोलियम ट्यांकर चालक संघका ट्यांकर चालकहरूले आइतबारदेखि नेपाल आयल निगमको डिपोबाट इन्धन नउठाउँदा पेट्रोलियम संकट गहिरिएको छ ।

उपत्यकाका अधिकांश निजी पम्पहरूले इन्धन सकिएको भन्दै बेच्न छाड्दा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पम्पमा सर्वसाधारणको लामो लाइन लागेको छ ।

उपत्यकामा अहिले साझा पेट्रोल पम्पले पनि तेल बेचिरहेको छ । यी पम्पहरूका आयल निगमको डिपोबाट इन्धन उठाउने आफ्नै ट्यांकर रहेकाले सजिलो भएको छ ।

निजीमा अभाव भएपछि अहिले भद्रकालीस्थित नेपाली सेनाको पम्पमा हजारभन्दा धेरै सवारीसाधानको लामो लाइन देखिएको छ ।

खासगरी दुई पांग्रे साधनहरू तेल भर्न लाइनमा बसेका छन् । उता साझा, सशस्त्र र नेपाल प्रहरीका पम्पमा पनि लाइन उस्तै छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १२ : ५४ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल