इजरायलका प्रधानमन्त्री नेतन्याहुद्वारा युद्ध क्याबिनेट विघटन « Khabarhub

इजरायलका प्रधानमन्त्री नेतन्याहुद्वारा युद्ध क्याबिनेट विघटन


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ६ सदस्यीय युद्ध क्याबिनेट विघटन गरेका छन् ।

बेन्नी गान्ट्ज र गाडी इसेनकोटले एक साताअघि युद्ध क्याबिनेटबाट आफूलाई अलग गरेपछि प्रधानमन्त्री नेतान्याहूले युद्ध क्याबिनेटको विघटन गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यी दुई युद्ध क्याबिनेटबाट अलग भएको करिब एक हप्तापछि नेतान्याहुले युद्ध मन्त्रिपरिषद् विघटन गरेका छन् । इजरायली मिडिया रिपोर्टका अनुसार गाजामा हमाससँग जारी युद्ध जस्ता संवेदनशील मुद्दाहरू अब एउटा सानो प्लेटफर्ममा छलफल गरिनेछ ।

मन्त्रिपरिषद्मा अति दक्षिणपन्थी सहयोगीहरूको माग बमोजिम युद्ध मन्त्रिपरिषद्को विघटन गरेको बताइएको छ । युद्ध क्याबिनेटमा नेतान्याहूको आलोचना बढेपछि उनको समस्यालाई निरन्तर बढाइरहेको थियो । 

यसैबीच इजरायली सेनाले यो निर्णयले आफ्नो कार्यमा असर नपर्ने बताएको छ । बेनी गान्ट्ज र गाडी इसेनकोटले गाजामा तनाव अन्त्य गर्ने नेतान्याहूसँग कुनै योजना नभएको आरोप लगाउँदै युद्ध मन्त्रिपरिषद्बाट राजीनामा दिएका थिए ।

अक्टोबर ७ मा हमासको आक्रमणपछि नेतान्याहुले युद्ध मन्त्रिमण्डल गठन गरेका थिए । युद्ध मन्त्रिपरिषद्मा दुई पूर्व सेना प्रमुख पनि सदस्य बनेका छन् ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ५ : ३७ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना