इटालीमा दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता « Khabarhub

इटालीमा दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

रोम – इटालीमा दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु भएको र दर्जनौँ बेपत्ता भएको आशङ्का गरिएको आप्रवासी उद्धार संस्था तथा तटरक्षक बलले सोमबार बताएका छन् ।

लैम्पेडुसाको किनारमा काठको डुङ्गामा आप्रवासीहरूलाई सहयोग गर्न आएका उद्धारकर्ताहरूले डेकको तल १० शव फेला पारेको जर्मन सहायता समूह रेसक्यूशिपले सामाजिक सञ्जाल एक्समा बताएको छ ।

“रेसक्यूशिपको जहाज, नाडिरमा सवार चालक दलले हाल जहाजमा ५१ जनाको हेरचाह गरिरहेको,” जर्मन परोपकारी संस्थाले भनेको छ, “पानीले भरिएको काठको डुङ्गामा जम्मा ६१ जना सवार थिए । हाम्रो टोलीले ५१ जनालाई बाहिर निकाल्न सफल भयो, तीमध्ये दुईजना बेहोस थिए । मृतक १० जना डुङ्गाको तल्लो डेकमा रहेका छन ।”

यसैबीच इटालीको तटरक्षकले छुट्टै जहाज दुर्घटनापछि क्यालाब्रियामा मानिसहरूको खोजी गरिरहेको बताएको छ । बाँचेका अनुसार ६० जना आप्रवासी बेपत्ता भएको मिडिया रिपोर्टले जनाएको छ ।

गत रातिदेखि सम्भावितरूपमा टर्कीएबाट प्रस्थान गरेका आप्रवासीहरूसहितको डुङ्गाको जहाज दुर्घटनापछि सम्भावित बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको तटरक्षकले बताएको छ ।इटालीको तटबाट टाढा जाँदै गरएको फ्रान्सेली डुङ्गाबाट ‘मेडे’पछि उद्धार प्रयासहरू सुरु भएको छ तटरक्षकले बताएको छ ।

फ्रान्सेली जहाजले १२ जना जीवित आप्रवासीहरूलाई जहाजमा लिनुअघि अधिकारीहरूलाई ‘आधा डुबेको डुङ्गाको उपस्थिति’ बारे सचेत गराएको थियो । त्यसपछि उनीहरूलाई इटालियन तटरक्षक डुङ्गामा स्थानान्तरण गरियो । उक्त डुङ्गले उनीहरूलाई दक्षिणी इटालीको रोसेला आयोनिका सहरमा लग्यो । तटरक्षकका अनुसार बाँचेका १२ मध्ये एकको तल ओर्लिएपछि मृत्यु भएको छ ।

एएनएसए समाचार एजेन्सीका अनुसार जहाज डुबेपछि करिब ५० आप्रवासी बेपत्ता भएका थिए । यद्यपि रेडियो रेडिकेलले यो सङ्ख्या ६४ रहेको बताएको छ । उसले समुद्रमा हराएकाहरू अफगानिस्तान र इरानबाट आएको बताएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ९ : ३६ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका