अर्थ समितिमा आज पनि पुगेन गणपूरक सङ्ख्या, बैठक स्थगित « Khabarhub

अर्थ समितिमा आज पनि पुगेन गणपूरक सङ्ख्या, बैठक स्थगित


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गणपूरक सङ्ख्या नपुगे पछि आज पनि अर्थ समितिको बैठक स्थगित भएको छ । संसदीय समितिमा बैठकका लागि आवश्यक सांसद सङ्ख्याको कोरम नपुगेपछि  बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

संसद् सचिवालयका अनुसार ११ः३० का लागि बोलाइएको बैठकमा ८ जना सांसद मात्रै उपस्थित भइदिए । मंगलबारको बैठकमा  सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको थियो ।

सांसदहरू आउने क्रम जारी रहेको हुन सक्ने आशामा बैठक केही समयलाई स्थगित गरिएको जनाइएको छ । हिजो पनि सत्तारूढ दलका सांसद नपुगे पछि अन्तिम समयमा बैठक स्थगित हुन पुगेको थियो ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १ : ३७ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति