नगर प्रहरीको काम सडकमा आतंक मच्चाउने होइन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका नगर प्रहरीले सडकमा आतंक मच्चाएको बताएका छन् ।
ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवस कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले नगर प्रहरीको काम गरिब लखेट्ने नभएको बताएका हुन् ।
काठमाडौंका नगर प्रहरीले ठेला, साइकल र गाडामा सब्जी, अन्य उपभोग्य सामान बेच्नेलाई लखेट्ने गरेको सन्दर्भ जोड्दै उनले ललितपुरमा त्यस्तोनभएको उल्लेख गरे ।
‘ललितपुर नगर प्रहरीलाई सम्मानित गरेकोमा खुसी लागेको छ । कम्तीमा ललितपुर नगर प्रहरीले गुर्रर जीपमा कुदेर, अर्कै लोकबाट झरे जस्तो गरेर पिर्रपिर्र सिट्ठी बजाउँदै आतंक मच्चाउँदै, ठेला फाल्दै, गरिबका तरकारी र टमाटर फाल्दै हिँडेको मैले देखेको छैन । नगरप्रहरीलाई धन्यवाद’, उनले भने, ‘नगर प्रहरी आतंकको पर्याय होइन, नगरबासीको रक्षक हुनुपर्छ ।’
कांग्रेस–एमालेको सरकार ढल्दैन, कसैले धुपबत्ती नगरे हुन्छ : सूर्य थापा
प्रधानमन्त्री भन्छन्- किड्नी ट्रान्सप्लान्ट नभएको भए साउनमा मेरो १८ औँ पुन्यतिथि हुन्थ्यो
संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्छ : सभामुख घिमिरे
कार्यान्वयनयोग्य कानून निर्माणमा समितिको जोड
खानेपानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन
अर्थ समिति : सुरक्षित कारोबार विधेयकमा परेका संशोधनमाथि छलफल
नागरिकका अधिकार गुम्ने गतिविधि स्वीकार्य हुँदैन : गृहमन्त्री
एकीकृत समाजवादीले आगामी निर्वाचनहरू एक्लै लड्ने
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी दिनमा हुने सबै किसिमका चुनाव एक्लै लड्ने निर्णय गरेको छ ।
एकीकृत समाजवादीको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा कलम चुनाव चिह्नका उम्मेदवारहरू एक्लै लड्ने निष्कर्ष निकालेको छ ।
यसका लागि जनतामा जाने पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता जगन्नाथ खतिवडाले जनकारी दिएका छन् । बैठकले पार्टी एकता नगर्ने र सुदृढीकरणमा ध्यान दिने निर्णय पनि गरेको उनले जानकारी दिए । बैठकले पार्टीलाई जनतासँग जोड्न जनसंघर्ष अभियान चलाउने निर्णय पनि गरेको छ । स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ ।
सचिवालमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २४ जना रहने खतिवडाले बताएका छन् । बैठकले पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ । पार्टीको आगामी कार्ययोजनालाई संशोधनसहित पारित गरेको छ ।
इजलासमा रविको गुनासो-मविरुद्ध मिडिया ट्रायल भयो, न्यायाधीशको जवाफ : हेरौँला
निकिताको चुनौती- रविले सहकारीबाट ऋण लिएको प्रमाण देखाऊ
रवि र निकिताको खातामा २८ करोड ९१ लाख !
रवि र छवि थप चार दिन हिरासतमा रहने, मुद्दा दायर गर्ने तयारी
शोभा पाठकलाई तीन दिन हिरासतमा राख्न अनुमति
निजी क्षेत्रले पनि प्रसारणलाइन निर्माण गर्न पाउने
प्रदेशका कर्मचारी र तिनका परिवारको स्वास्थ्य बिमा अनिवार्य : मुख्यमन्त्री सिंह
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा स्वास्थ्य बिमाको कभरेज बढाउन र बिमितहरूको सेवासुविधा प्रवाहमा प्रभावकारिता ल्याउन स्वास्थ्य अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूलाई मुख्यमन्त्री सिंहले अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या कम रहेको भन्दै त्यसमा वृद्धि गर्न बिमित हुने प्रक्रियामा सरलीकरण, जनचेतना प्रसार, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति परिचालन, व्यावसायिक बिमा एजेन्टको व्यवस्थापन आदि कार्य तत्परतापूर्वक बढाउन निर्देशन दिएका हुन् ।
पातिचौर–बाजुङ–लेसपार–नागी सडक स्तरोन्नति
माथिल्लो तामाकोशी सञ्चालनमा नआएसम्म औद्योगिक क्षेत्रमा विद्युत् कटौती
प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह
रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड
टिमुरका बिरुवा बेचेर वार्षिक दुई लाख रुपैयाँ आम्दानी
घिनाटार–टाउनचोक सडक कालोपत्र सुरु
सालझण्डी–ढोरपाटन खण्ड : १४ वर्षमा ३० प्रतिशत काम
एसिसी महिला यू-१९ स् झरी परेपछि भारतसँग बराबरी, नेपाल समूह उपविजेता
एसिसी महिला यु– १९ क्रिकेट प्रतियोगितअन्तर्गत मंगलबार भएको खेल मौसमका कारण रद्द भएपछि नेपाल र भारतले अंक बाँडेका छन् ।
मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइरहेको भारतले ३।१ ओभरमा विकेट नगुमाई २८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिन पुगेको थियो ।
त्यसपछि खेल पुनःसञ्चालन गर्न सम्भव नभएपछि दुवै टोलीलाई एक अंक दिइएको छ । यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बने ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै भारतलाई ९४ रनको लक्ष्य दिएको थियो ।
ट्रम्पले भने- पुटिनसँग सम्झौता गर्न जेलेन्स्की तयार, अब युद्ध रोकौँ
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न अपिल गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग युद्ध रोक्न वार्ता गर्नेसमेत उनले बताएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले युद्ध रोक्न जेलेन्स्की पुटिनसँग सम्झौता गर्न तयार हुनुपर्ने बताए । युद्ध रोक्न दुवै देशले सम्झौता गर्नुपर्छ । यद्यपि, ट्रम्पले युद्ध रोक्ने आफ्नो योजनाको कुनै विवरण भने दिएनन्।
ट्रम्पले युद्धका कारण अधिकांश विवादित क्षेत्र भग्नावशेषमा परिणत भएको र यसलाई मर्मत गर्न १०० वर्षभन्दा बढी समय लाग्नेसमेत बताएका छन् । उनले भने, ‘त्यस्ता धेरै सहर छन्, जहाँ एउटा पनि भवन बाँकी छैन, सबै नष्ट भएको छ।’
‘नवीकरणीय ऊर्जा’ तर्फ उन्मुख जापान
युक्रेनी एजेन्सीले लियो मस्कोमा रुसी जनरलको हत्याको जिम्मा
ग्रीसमा डुङ्गा दुर्घटना, चार जना पाकिस्तानीको मृत्यु
गाजा र लेबनापछि अब इजरायलको निसानामा सिरिया
मस्कोमा बम विस्फोट- रूसी सेनाका उच्च कमान्डर र सहयोगी मारिए
प्रतिक्रिया