प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज तीन खेल हुने « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज तीन खेल हुने


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछन् । आज भैरहवामा गण्डकी र सुदूरपश्चिम प्रदेश आमने सामने हुँदैछन् ।

अहिलेसम्म गण्डकी प्रदेशले खेलेका दुबै खेलमा हार ब्यहोरेको छ र टोली प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ ।

त्यस्तै सुदूरपश्चिमले भने आफ्ना दुबै खेल जितेर प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।

त्यस्तै, कीर्तिपुरमा आज हुने अर्को खेलमा एपीएफ क्लब र मधेश प्रदेश प्रतिस्पर्धा गर्दैछन् । एपीएफले आफ्ना दुवै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा छ भने मधेश प्रदेशले आफ्ना ३ खेलमध्ये एकमा जित र २ मा हार ब्यहोरेको छ ।

त्यसैगरी, आज हुने तेस्रो खेलमा मूलपानी क्रिकेट मैदानमा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । कोशी प्रदेशले आफ्ना तिन वटै खेलमा हार ब्यहोरेर जारी प्रतियोगितामा खराब सुरुवात गरेको छ भने आर्मीले आफ्ना २ खेलमा एक जित एक हार ब्यहोरेको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ९ : ०० बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना