कुन औँलामा कस्तो औँठी लगाउँदा के फाइदा ? « Khabarhub

कुन औँलामा कस्तो औँठी लगाउँदा के फाइदा ?


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हामीमध्ये धेरैलाई औँठी लगाउन मन पर्छ । औँठीलाई विवाहित जोडीको वैवाहिक जीवनको बन्धनका रूपमा पनि मान्ने गरिन्छ ।

धेरैले सौन्दर्य र फेसनका लागि पनि औँठी लगाउने गरेको पाइन्छ । औँठी आफ्नो राशिफल र ज्योतिषअनुसार शुभ रत्न जस्ता आधारमा पनि लगाउने गरिन्छ । यसरी लगाएको औँठीले जीवनमा सफलता दिने जनविश्वास समेत रहेको छ ।

कुन औँलामा के को आधारमा औँठी लगाउँदा के फाइदा हुन्छ वा त्यसले के संकेत गर्छ भन्ने पनि धेरैलाई थाहा नहुन सक्छ । औँठी लगाउनुको कारण र महत्वबारे हामीले चर्चा गर्नेछौँ ।

शास्त्रका जानकारहरुले बताएअनुसार जेठी औँलाले वायु तत्त्वको प्रतिनिधित्व गरेको हुन्छ । जसमा जेठी औँलामा लगाइएको औँठीले शरीरमा वायु तथा पेटसँग सम्बन्धित रोगलाई रोक्न सक्छ ।

चोर औँलाले वायु तत्त्वको प्रतिनिधित्व गर्छ जसले शरीरको वायु सन्तुलन, पेटसम्बन्धी विकार, शरीरमा ग्याँस जम्ने समस्या ठिक पार्नमा यो औँलामा लगाइएको औँठी सहयोगी बन्न सक्छ ।

हाम्रो हातको माइली औँलाले आकाश तत्त्वको प्रतिनिधित्व गरेको हुन्छ । त्यसैले यो औँलामा औँठी लगाउँदा नसा सम्बन्धी सम्पूर्ण रक्त संचारसँग सम्बन्धित विकारहरूलाई हटाउने काम गर्दछ ।

साहिँली औँलाको सम्बन्ध सिधै मुटुसँग हुन्छ, साहिँली औँलामा औँठी लगाउँदा त्यसले सिधै मुटुमा प्रभाव पार्दछ । यो औलाले पृथ्वी तत्त्वको प्रतिनिधित्व गरेको हुन्छ ।

यसमा औँठी लगाउँदा शरीरको तौललाई सन्तुलन राख्ने काम गर्दछ फलस्वरुप शरीर शक्रिय बनाउन मद्दत गर्छ । कान्छी औँलाले जल तथा पानी तत्त्वको प्रतिनिधित्व गर्दछ । यस औलामा औँला लगाउनाले शरीरमा पानीको मात्रा कमी हुन पाउँदैन ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  १२ : ४५ बजे

कास्कीमा थपिए १७ हजार ७८६ मतदाता

गण्डकी-  कास्कीमा १७ हजार ७८६ मतदाता थपिएका छन् । प्रदेश

दवै चुनावका लागि आयोगमा दर्ता भयो एमाले

काठमाडौं- अन्तत: नेकपा एमाले पनि आगामी माघ ११ गते हुने

राष्ट्रपतिसँग नेपालका लागि साउदीका राजदूतको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद

प्रत्यक्ष निर्वाचनमा जिताएर महिलालाई प्रधानमन्त्री बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले प्रत्यक्ष निर्वाचनमा जिताएर महिलालाई ‘प्रधानमन्त्री’ बनाउनुपर्ने

एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको निवेदन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि