सशस्त्र प्रहरीद्वारा पशुपतिनाथमा आउने अशक्त भक्तजनलाई ह्वीलचियर हस्तान्तरण « Khabarhub

सशस्त्र प्रहरीद्वारा पशुपतिनाथमा आउने अशक्त भक्तजनलाई ह्वीलचियर हस्तान्तरण


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरीले २३औं सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने अशक्त भक्तजनको सहजताको लागि बिहीबार ह्वीलचियर हस्तान्तरण गरेकाे छ ।

नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले पशुपति विकास कोषका सदस्य सचिव राजु कुमार खत्रीलाई चार वटा ह्वीलचियर हस्तान्तरण गरेका हुन्  ।

नायव महानिरीक्षक थापाले विश्व सम्पदा सूचिमा रहेको पशुपतिनाथ मन्दिर हिन्दु धर्मावलम्बी तथा भक्तजनको धार्मिक आस्थाको देवता भएको हुँदा मन्दिरको सुरक्षा, संरक्षण र संवर्द्धन गर्नु हामी सबैको दायित्व रहेको बताए।

जन सम्बन्धलाई थप प्रगाढ बनाउने संगठनको नीति अनुसार क्विक इम्प्याक्ट प्रोजेक्ट संचालन गर्ने योजना अन्तर्गत सो बाहिनी तथा मातहत इकाईहरूको सामूहिक प्रयासबाट चार वटा ह्वीलचियर हस्तान्तरण गरिएको हो ।

साथै विगत ६ वर्षदेखि निर्माण अवस्थामा रहेको मन्दिर भित्रको यज्ञशालामा टुटफुट भएका मार्बल र मन्दिरको बाहिरी भागमा ढुंगाहरु बिछ्याइ जीर्णोद्धार समेत गरिएको थियो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगत, बाहिनी मातहतका गणपति, गुल्मपति लगायत सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  १ : ३१ बजे

सिमलतालमा खसेको पहिरो हटाइयो, दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस