नागढुंगा–मुग्लिन सडक विस्तारको काम न्यून « Khabarhub

नागढुंगा–मुग्लिन सडक विस्तारको काम न्यून


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागढुंगा–मुग्लिन सडक विस्तारको काम अत्यन्त न्यून देखिएको छ ।

विश्व बैंकको सहुलियतपूर्ण अनुदान ऋणमा भइरहेको उक्त सडकखण्ड विस्तारको काम  एक वर्षमा ५ प्रतिशत मात्र भएको हो ।

१ वर्षमा १५ प्रतिशत काम पुरा गर्ने लक्ष्य लिइएको भए पनि विभिन्न कारणले गर्दा ५ प्रतिशत मात्र काम भएको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका ईन्जीनीयर कृष्ण आचार्यले जानकारी दिए ।

उक्त बिस्तारको कामका लागि निर्माण कम्पनी शर्मा जेडआईसीजीसंग डिसेम्बर २०२२ मा सम्झौता भएको थियो । उक्त सडक निर्माणको काम तीन प्याकेजमा चलिरहेको छ ।

उक्त सडक खण्डको मलेखु देखि मुग्लिन खण्डमा पुलको जग नाली पर्खाल बनाउने काम र मोड सुधारको काम भई रहेको ईन्जीनीयर आचार्यले बताए  ।

उक्त सडकको पश्चिम खण्ड मलेखु देखि मुग्लिन सम्म ३९ किलोमिटर सडकको स्तरोन्नतीको काम भइरहेको छ ।  उक्त सडक २ लेनको भनिए पनि हाल ७ मिटर मात्र रहेको कारण अब ९ मिटर बनाउन लागिएको हो ।

उक्त सडक खण्डको बजार क्षेत्रमा ४ लेन र उकालोमा ट्रकको लागि छुट्टै लेन बनाउन लागिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  १ : ४७ बजे

सिमलतालमा खसेको पहिरो हटाइयो, दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस