एक्सन फिल्म निर्देशन गर्ने निश्चलको घोषणा, दशैँदेखि छायांकनमा जाने « Khabarhub

एक्सन फिल्म निर्देशन गर्ने निश्चलको घोषणा, दशैँदेखि छायांकनमा जाने


४ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत कार्तिकमा प्रदर्शनमा आएको हिट फिल्म ‘दिमाग खराब’ निर्देशन गरेका निश्चल बस्नेतले लगतै एक्सन फिल्म निर्देशन गर्ने घोषणा गरेका छन्  । जन्मदिनको अवसर पारेर बिहीबार उनले एक्सन फिल्म निर्देशन गर्न लागेको जानकारी दिएका हुन् ।

‘लुट २’को ६ वर्षपछि निश्चलले दिमाग खराबबाट निर्देशनमा ‘कम ब्याक’ गरेका थिए । तर, अब उनले लामो विश्राम नलिने निर्णयमा पुगेका छन् । सो फिल्मको छायांकन आगामी दशैँदेखि सुरु हुने उनले खबरहबलाई जानकारी दिए । 

बस्नेत भन्छन्, ‘प्राविधिक कुरा मिलिसकेको छ । अब स्क्रिप्टको काम गर्नुपर्ने छ ।’

नाम तय नभए पनि सो फिल्म निश्चलको कम्पनी ‘ब्ल्याक हर्स’ले निर्माण गर्न लागेको हो । 

त्यस्तै, ‘बेहुली प्रम मेघौली’मा पनि निश्चलको अभिनय रहने पक्का भएको छ । आगामी चैतबाट छायांकनमा जाने तयारी रहेको यस फिल्ममा नायिकामा स्वस्तिमा खड्का मुख्य भूमिकामा रहने तय भइसकेको छ । 

निश्चलका अनुसार यस फिल्ममा उनको अपोजिटमा स्वस्तिमा रहने छिन् । उनी भन्छन्, ‘यो फिल्ममा बाँकी दुई कलाकारको पनि महत्त्वपूर्ण भूमिका रहने छ ।’

आकाश बराल र सजन काफ्लेको निर्देशन-लेखनमा रहेको सो फिल्म निश्चलको कम्पनी ब्ल्याक हर्स र मेघौली फिल्मस्को संयुक्त लगानीमा बन्न लागेको हो । 

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  १ : ५४ बजे

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा