यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार « Khabarhub

यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा यस वर्षकै उच्च मूल्यमा कारोबार भएको छ ।

पूर्वी पहाडी जिल्लाहरूमा अलैँची प्रतिमन अर्थात ४० किलोग्राम ७७ हजार रुपियाँमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा कारोबार भएको हो । कारोबार भएको अलैँचीको मूल्य यस वर्षकै उच्च हो ।

केही दिनयता अलैँचीको मूल्य एक हजार र दुई हजार रुपियाँको दरले निरन्तर वृद्धि हुँदै आएकोमा अहिले उच्च मूल्यमा कारोबार भएको हो ।अलैँची झापाको बिर्तामोडमा भने ७९ हजार रुपियाँसम्ममा कारोबार हुने गरेको छ ।

अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि स्थानीय किसान तथा व्यवसायी हर्षित भएका छन् ।अहिलेको अलैँचीको मूल्य यस वर्षको मात्र नभई चार-पाँच वर्षयताकै राम्रो हो ।

गत वर्ष अलैँची प्रतिमन २६ देखि अधिकतम ३२ हजार रुपियाँसम्ममा कारोबार भएको व्यवसायीले बताएका छन् । 

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  १ : ५९ बजे

सिमलतालमा खसेको पहिरो हटाइयो, दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस