भरतपुर महानगरद्वारा विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद « Khabarhub

भरतपुर महानगरद्वारा विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

भरतपुर– भरतपुर महानगरपालिकाले विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद गरेर नष्ट गरेको छ । बुधबार भरतपुरका विभिन्न विद्यालय क्षेत्रमा अनुगमन गरेर सुर्तीजन्य पदार्थ बरामद गरी नष्ट गरिएको हो । 

नागरिकको गुनासो र उजुरीका आधारमा विद्यालय क्षेत्रका पसलमा अनुगमन गरिएको भरतपुर महानगरपालिका उपभोक्ताहित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत थानेश्वर सापकोटाले बताए । विद्यालय र स्वास्थ्य कार्यालयको वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने भएकाले अनुगमन गर्दै कडाइका साथ कार्यान्वयन गराइने उनले बताए ।

अनुगमन टोलीले भरतपुर–१ पोखराबसपार्कस्थित आदिकवि भानु मावि, रामनगरस्थित रामनगर मावि र भरतपुर-२९ स्थित जुगेडी मावि वरपरका पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा विद्यालय क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्ने गरेको भेटिएपछि चुरोट, सुर्ती, गुड्खा जफत गरी नष्ट गरिएको अधिकृत सापकोटाले जानकारी दिएका छन् । 

उनले विद्यालय क्षेत्रबाट एक सय मिटरभित्र पर्ने किराना र होटलमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाइने बताए । सुर्तीजन्य पदार्थ बरामद गरेपछि पसल सञ्चालकलाई सचेत पनि गराइएको सापकोटाले बताए । 

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन)ऐन, २०६८ को दफा ११ को उपदफा ३ मा शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिकस्थलबाट कम्तीमा सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाइने व्यवस्था छ ।

 विद्यालय नजिकको पसलमा विद्यार्थीको पहुँच हुने भएकाले विद्यालयबाट सय मिटर आसपासका पसलमा सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाइएको हो । 

यस्तै अनुगमन टोलीले नारायणगढको लायन्सचोकस्थित भैँसी र राँगाको मासु बिक्री गर्ने दुई पसल पनि बन्द गराएको छ । सडक नजिकै बिक्रीका लागि खुलारूपमा मासु राखिएकाले बन्द गराइएको भरतपुर महानगरको कार्यपालिका सदस्य गोपाल दराईले बताए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  २ : ३२ बजे

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा