सार्वजनिक खरिद ऐन संशोधनको तयारी हुँदैछ : मन्त्री ज्वाला « Khabarhub

सार्वजनिक खरिद ऐन संशोधनको तयारी हुँदैछ : मन्त्री ज्वाला


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन संशोधनको तयारी भइरहेको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा मन्त्री ज्वालाले पुरानो ऐनका कारण समस्या देखिएको भन्दै संशोधनको ड्राफ्ट तयार भइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगिसकेको जानकारी दिए ।

उनले विकाससँग जोडिएको ऐन कानूनलाई समयसापेक्ष बनाउनुपर्ने भएकाले मन्त्रालय अन्तर्गतको ऐन कानून परिमार्जनका विषयमा पनि छलफल भइरहेको बताए । त्यस्तै मन्त्री ज्वालाले दक्ष कामदारको अभाव, आयोजना प्रमुख छिटो छिटो परिवर्तन लगायतका कारणले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउन समस्या भइरहेको जिकिर गरे । 

मन्त्रिपरिषद्बाट निर्णय भएका थप तीन वटा भरतपुर, विराटनगर र मूलपानी अन्तराष्ट्रिय रंगशाला समेत गरि अहिले राष्ट्रिय गौरवको आयोजना २४ वाट २७ पुगेको जानकारी दिँदै मन्त्री ज्वालाले केही राष्ट्रिय गौरवको आयोजनाहरूलाई घटाउने विषयमा समेत छलफल भइरहेको बताए । 

बैठकमा समिति सदस्यहरूले मुलुकको सडकको अवस्था र सडक दुर्घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए । मन्त्री ज्वालाले सडक दुर्घटनालाई न्यूनिकरण गर्न सरकार गम्भीर रहेको बताए । अनुगमन प्रणालीलाई व्यवस्थित गर्न सके सडक दुर्घटना न्यूनिकरण हुने उनले बताए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ३ : १३ बजे

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान