मन्त्रिपरिषद् पुनर्गठन राष्ट्रियसभा निर्वाचनपछि « Khabarhub

मन्त्रिपरिषद् पुनर्गठन राष्ट्रियसभा निर्वाचनपछि


४ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा निर्वाचन अगाडि मन्त्रिपरिषद् पुनर्गठन नहुने भएको छ । राष्ट्रियसभा निर्वाचन माग ११ गते हुँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १० गते सरकारले गरेको १ वर्षको कामबारे समीक्षा गर्दै मन्त्रीपरिषद् पुनर्गठन हुने बताएका थिए ।

माघ १० गते भित्र मन्त्रिपरिषद् पुनर्गठन गरिसक्ने बताएका प्रधानमन्त्रीले हालसम्म त्यसको तयारी नगरेको पाइएको छ ।

तत्काल मन्त्रिपरिषद् हेरफेरको छलफल चलाउँदा राष्ट्रियसभा निर्वाचनमा  प्रभाव पर्न सक्ने भन्दै प्रधानमन्त्री दाहालले यो विषयमा छलफल नै चलाएको उनी निकट स्रोतले बतायो ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार अहिले मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल भएको छैन । उनले खबरहबसँग भने, ‘सायद माघको अन्तिम सम्ममा होला कि ।’

प्रधानमन्त्रीको सचिवालयका अनुसार माग अन्तिम सातातिर पुनर्गठन हुने सक्ने बताइएको छ ।

अहिले प्रधानमन्त्री दाहाल असंलग्न आन्दोलनका राष्ट्र र सरकार प्रमुखको १९ औं शिखर सम्मेलनमा भाग लिन युगान्डा गएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ५ : ०३ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी