सेती प्रादेशिक अस्पताललाई ३५ लाख पर्ने मेसिन प्रदान « Khabarhub

सेती प्रादेशिक अस्पताललाई ३५ लाख पर्ने मेसिन प्रदान


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धनगढी– सेती प्रादेशिक अस्पताललाई रगत जाँच गरेर भिन्न स्वास्थ्य समस्याको पहिचान गर्न सकिने ३५ लाख मूल्य बराबरको मेसिन प्रदान गरिएको छ। एक समारोहबीच लाइन्स क्लब अफ धनगढी टाउनले उक्त मेसिन प्रदान गरेको अध्यक्ष प्रकाश जोशीले बताए।

लायन्स इन्टर नेशनल डिस्ट्रिक्ट ३२५ का मल्टिपल काउन्सिल चेयरपर्सन (पिएमजेएफ) लायन सि. बि. चन्दको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अस्पतालका मेसु डा. शेरबहादुर कुँवरलाई मेसिन हस्तान्तर गरिएको हो।

डा. कुँवरका अनुसार उक्त मेसिनबाट भिटामिन डि, भिटामिन बी १२, थाइराइडका साथै विभिन्न हर्मोनका टेष्ट गर्न सकिने बताए। उनका अनुसार मेसिनबाट सय वटा जति हर्मोन र भिटामिनको परीक्षण गर्न सकिन्छ। यसले आफूहरूलाई बिरामीको उपचार र रोगको पहिचानमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ।

सामान्य स्वास्थ्य जाँचका लागि सुदूरपश्चिमका जनताले भारत वा नेपालगञ्ज जानु पर्ने भएकाले उक्त समस्याको हल होस् भन्ने उद्देश्यका साथ आफूहरूले मेसिन प्रदान गरेको अध्यक्ष जोशीको भनाइ छ। आफूहरूको सानो सहयोगबाट सुदूरपश्चिमवासी लाभान्वित हुने उनले विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ५ : ३२ बजे

सिमलतालमा खसेको पहिरो हटाइयो, दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस