गठबन्धन दशौँ वर्षसम्म टुट्दैन : सिटौला  | Khabarhub Khabarhub

गठबन्धन दशौँ वर्षसम्म टुट्दैन : सिटौला 


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा – नेपालीका कांग्रेसका नेता तथा राष्ट्रियसभामा कोशी प्रदेशका उम्मेदवार कृष्णप्रसाद सिटौलाले गठबन्धन अझै केही चुनाव नटुट्ने बताएका छन् ।

मत माग्न ओखलढुङ्गा आएका नेता सिटौलाले गठबन्धनको भविष्यबारे कतिपयले प्रश्न गरिरहेको भन्दै अझै अर्को चुनावमा पनि गठबन्धन कायम रहने बताएका हुन् ।

गठबन्धन पार्टी र नेताका लागिभन्दा पनि जनताका लागि बनेको उहाँको भनाइ छ । संविधानको रक्षा, सफल कार्यान्वयन, जनताका हकअधिकार सुनिश्चित गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न गठबन्धन बनेको उनको तर्क थियो ।

“यो गठबन्धन जनताका लागि बनेको हो, आफ्नो लागि होइन ।संविधान विपरीत भएका गतिविधिलाई निस्तेज गर्न बनेको हो गठबन्धन । प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ मा भएको आन्दोलन, २०४६ सालको आन्दोलन र २०६२÷६३ को जनआन्दोलनको जगमा निर्माण भएको संविधानलाई खतरामा पार्ने गतिविधि देखिएकाले त्यस्ता प्रयासलाई असफल बनाउन हामी एकताबद्ध भएका हौँ” उनले भने “यो गठबन्धनको भविष्य छैन । आलोपालोमा कुरा मिल्दैन भनेर टिप्पणी गर्नेलाई म यहीँबाट जवाफ दिन चाहन्छु । हाम्रो सहयात्रा यो पाँच वर्ष होइन दशौँ वर्ष कायम रहन्छ । अबका केही चुनावमा निरन्तर गठबन्धन हुन्छ ।”

राष्ट्रियसभा निर्वाचनमा कतिपय मत बदर हुने गरेकाले त्यो अवस्था सुधार गर्न नेता सिटौलाले अपिल गरे । कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले संविधानको सफल कार्यान्वयनमा सबै दल मिलेर लाग्नुपर्नेमा जोड दिए । संविधान बनेर पनि सफल रुपले कार्यान्वयनको चरणमा नजाँदा सङ्घीयतामाथि नै प्रश्न उठ्न थालेकाले यसतर्फ सबै दल सचेत हुनुपर्ने उनको भनाइ छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संविधान बनाउन महत्वपूर्ण भुमिका खेल्ने नेता सिटौलालाई नेतृत्व तहमा पु(याउनुपर्ने बताए । कोशी प्रदेशका जिल्लामा मत माग्ने क्रममा कांग्रेस नेता तथा उम्मेदवार सिटौला र गठबन्धनकै उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्की ओखलढुङ्गा आएका हुन् ।

उम्मेदवारले गठबन्धनबाट जितेका नगरपालिका प्रमुख, उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसँग भेट गरेका छन् । जिल्ला तथा प्रदेशका गठबन्धनबाट चुनाव जितेका जनप्रतिनिधिले गठबन्धनको मत अन्यन्त्र नजाने वाचा गरेका छन् ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  १० : ०७ बजे

ह*त्या गरेको अभियोगमा पक्राउ

ललितपुर- श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट श्रीमान् पक्राउ परेका छन्

रविको पक्षमा २८ लाख हस्ताक्षर सङ्‍कलन, ठूला दलले चाँडै नतिजा भोग्ने स्वर्णिमको चुनौती

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भ्रष्टहरूको फाइल

राजेन्द्र गौतमले भने- विद्याको राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र

बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– ललितपुरको बालकुमारीमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

आपराधिक लाभसम्बन्धी कसूरमा फरार पक्राउ

काठमाडौं- ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूर मुद्दाका फरार