जंगली हात्तीको आक्रमणबाट दुई घाइते « Khabarhub

जंगली हात्तीको आक्रमणबाट दुई घाइते


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा मोरङको सुन्दरहरैँचा नगरपालिका-६ मा जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन् ।

हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। घाँस काट्न शिवम् साझेदारी वनमा गएका बेला उनीहरूलाई हात्तीले आक्रमण गरेको उनको भनाइ छ ।

जङ्गलमा घाँस काट्ने क्रममा हात्तीसँग जम्काभेट हुँदा श्रेष्ठ र रायलाई आइतबार साँझ ५ बजेतिर हात्तीले आक्रमण गरेको थियो । 

हात्तीले श्रेष्ठको खुट्टामा कुल्चिएको र रायलाई सुँडले हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  घाइते श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र रायको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

सुन्दरहरैँचा क्षेत्रमा १५-२० वटाको सङ्ख्यामा हात्ती रहेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ४ : ५२ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर