गण्डकीका नवनियुक्त मन्त्री मनाङेले लिए शपथ « Khabarhub

गण्डकीका नवनियुक्त मन्त्री मनाङेले लिए शपथ


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश प्रमुखको निवासमा आज आयोजित एक कार्यक्रमबीच मन्त्री गुुरुङलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । 

शपथग्रहण समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, सरकारका मन्त्री तथा उच्चपदस्थ अधिकारी  उपस्थिति थियो ।

मुख्यमन्त्री  पाण्डेले गुरुङलाई आज नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित मन्त्री नियुक्त गरेका थिए । मनाङबाट प्रदेशसभा सदस्यमा स्वतन्त्र चुनाव निर्वाचित भएपछि नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका गुरुङले आइतबार सो पार्टी परित्याग गरेको प्रदेशसभा सचिवालयमा जानकारी गराएका थिए ।

शपथपछि पत्रकारसँगको कुराकानीमा मन्त्री गुरुङले चुनावपछिको एक वर्षसम्म आफू आराम गरेर बसेको जनाउँदै अबको चार वर्ष राजनीति गर्ने बताए । केन्द्रमा जे समस्या आएर गठबन्धन फेरिए पनि त्यसको असर प्रदेशमा पर्न नहुने उल्लेख गर्दै उनले आफू अहिले सरकारमा नजाँदा गण्डकी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना रहेको र चुनावमा जाँदा खर्च धेरै हुने बताए । आफूले मध्यावधिमा जान नदिने र गएछ भने चुनाव पनि नलड्ने उनको भनाइ छ । 

सरकारको ७० प्रतिशतभन्दा बढी बजेट भौतिक पूर्वाधार मन्त्रालयमा हुने र भ्रष्टाचार पनि धेरै हुने भएकाले त्यसको नियन्त्रणका लागि आफूले उक्त मन्त्रालय रोजेको उनको भनाइ छ । विकास त्यतिकै भइहाल्ने जनाउँदै उनले भ्रष्टाचार रोक्नुपर्ने आवश्यकता औँल्याए। 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : ५० बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा