च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै रियल मड्रिड सेमिफाइनलमा पुगेको हो ।

क्वार्टरफाइनलको दोस्रो लिगमा रियल मड्रिड र म्यानचेस्टर सिटीले निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी खेलेपछि समग्र नतिजा ४–४ गोलको बराबरी भएको थियो । पहिलो लेगमा ३–३ को बराबरी भएको थियो ।

निर्धारित ९० मिनेट र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा दुवै पक्षबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा रियालका लागि जुड वेलिंघम, लुकास भास्क्वेज, नाचो फर्नान्डेज र एन्टोनिओ रुडिगर्डले गोल गरे । सिटीका लागि जुलियन अल्भारेज, फिल फोडेन र एन्डर्सनले गोल गरेका थिए ।

यसअघि ९० मिनेटको निर्धारित समयमा रियलका रोड्रिगो र सिटीका केभिन डि ब्रुयनाले एक–एक गोल गरेका थिए ।

 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ७ : १२ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने