च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा « Khabarhub

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै रियल मड्रिड सेमिफाइनलमा पुगेको हो ।

क्वार्टरफाइनलको दोस्रो लिगमा रियल मड्रिड र म्यानचेस्टर सिटीले निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी खेलेपछि समग्र नतिजा ४–४ गोलको बराबरी भएको थियो । पहिलो लेगमा ३–३ को बराबरी भएको थियो ।

निर्धारित ९० मिनेट र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा दुवै पक्षबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा रियालका लागि जुड वेलिंघम, लुकास भास्क्वेज, नाचो फर्नान्डेज र एन्टोनिओ रुडिगर्डले गोल गरे । सिटीका लागि जुलियन अल्भारेज, फिल फोडेन र एन्डर्सनले गोल गरेका थिए ।

यसअघि ९० मिनेटको निर्धारित समयमा रियलका रोड्रिगो र सिटीका केभिन डि ब्रुयनाले एक–एक गोल गरेका थिए ।

 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ७ : १२ बजे

‘गगनलाई सभापति बनाएर नयाँ भिजनका साथ अगाडि बढेका छौँ, देशको मुहार उज्यालो बनाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काङ्ग्रेस अब थप दृढता

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

राँझा– भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ