सरकारबाटै लोकतन्त्रमाथि खतरा बढ्यो : नेता विष्ट « Khabarhub

सरकारबाटै लोकतन्त्रमाथि खतरा बढ्यो : नेता विष्ट


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता आनन्द विष्टले कम्युनिस्ट सरकारबाट लोकतन्त्रमाथि खतरा बढेको औंल्याएका छन्।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम् कांग्रेस पूर्वकेन्द्रीय सदस्यसमेत रहेका विष्टले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारी र ठगहरूलाई उन्मुक्ति दिन संसद् नै कब्जा गर्न खोज्नुले वर्तमान सरकारबाट लोकतन्त्र खतरामा रहेको प्रस्ट भएको बताए।

सहकारी ठग मन्त्रीलाई जोगाउन काङ्ग्रेसमाथि सदनमै आक्रमण गर्न खोज्नु आपत्ति जनक रहेको उनको भनाइ छ।

 ‘संसद्लाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो भन्ने वामपन्थी धारणा यतिबेला छरपस्ट भएको छ। आफू प्रधानमन्त्री हुँदा सदन विघटनको कुचेस्टा गरेका एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला सहकारी ठगको पक्षमा उभिनु भएको छ। जनतालाई ठग्नेहरूले कस्तो सुशासन र समृद्धि ल्याउलान?’ विष्टको प्रश्न छ।

एमालेका नेताहरू पनि सहकारी ठगीमा फस्ने भएकाले ओली सहकारी ठगहरूको पक्षमा उभिएको विष्टले औँल्याए। सभामुख पनि आफ्नै पार्टीको भएकाले ओलीले सभामुखसँग कार्यकर्ताको जस्तो व्यवहार गर्न खोजेको विष्टको टिप्पणी छ। 

जनतालाई ठग्ने अधिकार कसैलाई नभएको विष्टको धारणा छ। छानविन समिति गठन नभएमा सदन चल्न नसक्ने र कांग्रेसले सडकदेखि सदनसम्मै संघर्ष जारी राख्ने उनको चेतावनी छ।

सरकार र सत्तारुढ दलका क्रियाकलापले लोकतान्त्रिक गणतन्त्रका प्राप्त उपलब्धि पनि खतरामा पर्ने देखिएको विष्टको भनाइ छ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  १ : १४ बजे

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले