निर्जला एकादशी : घर–घरमा ‘तुलसीको दल’ राखियो « Khabarhub

निर्जला एकादशी : घर–घरमा ‘तुलसीको दल’ राखियो


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदिक सनातन धर्मावलम्बीले घर–घरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाएका छन् ।

आज दल राखिएको तुलसी एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । यस वर्ष साउन २ गते बुधबार तुलसी रोप्ने हरिशयनी एकादशी पर्व परेको छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महिने अवधिलाई चतुर्मासासमेत भनिन्छ ।

यस अवधिमा विभिन्न मठ, मन्दिर एवं आश्रमलगायत धार्मिकस्थलमा विभिन्न पुराण वाचन गर्ने परम्परासमेत छ । कात्तिक शुक्ल एकादशी अर्थात् ठूलो एकादशीका दिन तुलसीको विवाह दामोदरसँग गरिन्छ । तुलसी दामोदरको विवाह गरिसकेपछि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म चार महिने पूजा आराधना उद्यापनका निमित्त घर घरमा यज्ञ गरिन्छ ।

आयुर्वेदमा उल्लेख भएअनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउने विषाक्त वायुसमेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिकरूपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ ।

सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको छ ।

तुलसीको पूजा आराधना हुने घरलाई तीर्थको रूप मानिन्छ । यस्तो घरमा यमदूतसमेत प्रवेश गर्दैनन् भन्ने विश्वाससमेत छ । तुलसीपत्रले हरि एवं हरको पूजा गर्नेले फेरि गर्भमा आउनुपर्दैन भन्ने मान्यता छ । तुलसीको पूजा आराधना गर्नेले मोक्ष प्राप्ति गर्छन् भनी विभिन्न पुराणमा उल्लेख छ ।

रुघाखोकी, घाँटी दुख्नेलगायत विभिन्न रोग भएकाले तुलसीको पात वा डाँठ पानीमा उमालेर खाएमा निको हुन्छ । तुलसीमा धेरै अक्सिजन हुने भएकाले सनातन धर्मावलम्बीले जीवनको अन्तिम अवस्थामा पुगेकालाई तुलसीको मोठमा सारिदिन्छन् ।

तुलसीको चियासमेत बजारमा पाइन्छ । वैदिक सनातन धर्मअनुसार तुलसी, कुश, शालीग्राम र पिपलको रुखलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । यसैले यी सबैलाई पवित्र मानिन्छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १ : १० बजे

पेप्सीकोलामा मध्यरातमा आठ सवारीसाधन तोडफोड, एक जना पक्राउ

काठमाडौँ – काठमाडौँको पेप्सीकोला क्षेत्रमा शनिबार मध्यरातमा एक समूहले पार्किङ

२५ सय सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेका २४ घण्टामा दुई हजार चार सय बयानब्बे सवारी

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको

पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

पाँचथर– बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र