लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका « Khabarhub

लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट पुस्तिका च्यातेका छन् ।  उनले प्रतिनिधिसभाको रोष्टममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् । 

उनले बजेटप्रति सुरुबाट नै विरोध जनाउँदै आएका थिए । मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका छन् ।

उनले भने, ‘सामान्यतयाः म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्‍याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर यहाँ राख्छु मैले !’ 

उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा परेपछि नै आफूलाई रिस उठेको बताए ।

उनले सामान्य लाज घिन समेत नराखेर सरकारले मनपरी गरेको आरोप लगाएका छन् । उनले आफूखुसी जिल्लाको नाम समेत नराखी योजनामा बजेट राखेको बताए । 

उनले भने, ‘बजेट बनाउँदा सरकारमा भएका मन्त्रीहरूले आफूखुसी गरे ।’

आठ ९ वटा चरण पार गरेपछि योजना पास गरेको सम्झँदै अहिले बजेट मन्त्रीको गोजीबाट आउने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीलाई गोरखा दुई भए पुग्छ । मन्त्रीलाई आफ्नो ठाउँ भए पुग्छ । बाउले कमाएको सम्पत्तिमा पनि आफूखुसी गर्न पाइन्न । यो त  सरकारको सम्पत्ति हो । यो निर्वाचन प्रणाली सुधार गरौँ ।’

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १ : ०७ बजे

ट्रम्प र सीबीच टेलिफोन वार्ता

काठमाडौं – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

नायिका गरिमा शर्मा अमेरिकामा, नेपालमा इन्गेजमेन्टको हल्ला चलेपछि गरिन् खण्डन

काठमाडौं- नेपाली कलाकारहरूबारे विभिन्न हल्लाहरु समयसमयमा आइरहन्छन्। कलाकार विभिन्न हल्लाको

जेनजी आन्दोलनमा प्रहरी कार्यलयबाट लुटिएका हतियारसहित कांग्रेस नेता लिङ्देनका छोरा पक्राउ

काठमाडौं – जेनजी आन्दोलनका क्रममा कामठाडौं प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप

विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचौं