बिहीबार भगवान विष्णुको पूजा « Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन ३ गते बिहीबार तदनुसार सन् २०२४ जुलाई १८ तारिख। असार शुक्ल पक्षको द्वादशी तिथि। प्रदोष व्रत ।

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ५ : २७ बजे

शुक्रबारदेखि साफ महिला क्लब च्याम्पियनसिप सुरु हुँदै

काठमाडौं– साफ महिला क्लब च्याम्पियनसिप मंसिर १९ गते शुक्रबारबाट काठमाडौंमा

लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

काठमाडौं– काठमाडौँ उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक

एमाले महाधिवेशनको उद्घाटनसत्र : १० हजार स्वयंसेवक परिचालन गरिने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा

हर्षोल्लाससहित मनाइँदै धान्यपूर्णे, योमरी पुन्ही (तस्बिरहरू)

काठमाडौं– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात् आज धानको विधिपूर्वक पूजाआजा

चौथो बलमै काठमाडौंलाई धक्का, ओपनर आकाश डक आउट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो