बानेश्वरमा गुडिरहेको बसबाट जब धुँवाको मुस्लो निस्कियो « Khabarhub

बानेश्वरमा गुडिरहेको बसबाट जब धुँवाको मुस्लो निस्कियो


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एउटा बसबाट धुँवाको मुस्लो निस्किँदा केही बेर जनजीवन आतंकित बन्यो ।

बानेश्वर चोकनजिकै पेट्रोल पम्पभन्दा केही अगाडिको सडकमा गुडिरहेको बसमा अचानक बाक्लो धुँवाको मुस्लो निस्किएको हो ।

भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवनअगाडिको सडकमा पुग्दा घटना भएको हो ।

बुधबार बिहान पौने ११ बजेतिर धुँवाको मुस्लो देखिएपछि बस रोकेर सबै यात्रु झारिएको थियो ।

इन्जिनबाट धुँवाको मुस्लो निस्किएपछि सडकमै रोकेर अग्निनियन्त्रक पनि बोलाइएको थियो । बसलाई प्राविधिक बोलाएर मर्मत गरिएको छ ।

नयाँ बानेश्वर बृत्तका डीएसपी शिवराज बुढाथोकी बस रोकेर मर्मत भइरहेकाले जनजीवन सामान्य रहेको बताए । उनका अनुसार बाक्लो धुँवाको मुस्लो निस्किएपछि आगो लागेर फैलिन भने पाएन ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  १२ : ४३ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम