मुकुलको आरोपबारे स्वर्णिम भन्छन्- ‘गँजडी’हरूलाई जवाफ दिइरहनु पर्दैन « Khabarhub

मुकुलको आरोपबारे स्वर्णिम भन्छन्- ‘गँजडी’हरूलाई जवाफ दिइरहनु पर्दैन


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट निलम्बित मुकुल ढकालले गत असार २६ गते पत्रकार सम्मेलन गर्दै सभापति रवि लामिछाने र उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालमाथि गम्भीर आरोप लगाए ।

उनले रास्वपा अब रविको क्लबमा परिणत भइसकेको बताउँदै आफू महामन्त्री पदमै बहाल रहेको जिकिर गरे । उनले रविले जहाँ जे गल्ती गरे पनि उनले गरेको नहुने भन्दै कटाक्ष गरे ।

‘ग्यालेक्सी टेलिभिजनमा गल्ती जीबीले गरे रविले गरेनन् । अहिले रास्वपामा पनि महामन्त्रीले गल्ती गरे उहाँले गल्ती गर्नु भएन’, उनले पत्रकार सम्मेलनमा भने, ‘रवि लामिछानेले यो देशको सबैभन्दा सफल गृहमन्त्री भएँ भन्नु भयो । तर उहाँले आफ्ना गल्ती सबै अरुलाई थोपर्नु भयो ।’

त्यसपछि २९ असारमा एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उनले उपसभापति वाग्लेले कुट्ने धम्की दिएकोदेखि देशलाई भारत नियन्त्रित राज्य बनाउन खोजेकोसमेत आरोप लगाए ।

त्यसैगरी ढकालले सभापति लामिछाने दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री भएपछि जसरी पनि प्रधानमन्त्री हुने रेसमा निस्किएको बताएका थिए । त्यसबेला ढकालले भारतलाई रिझाउने जिम्मा लामिछानेले आफूलाई दिएको पनि जिकिर गरे ।

‘दोस्रो पटक गृहमन्त्री भएपछि मलाई प्रधानमन्त्री बनाउन भारतलाई मनाऊँ भनेर रवि लामिछानेले मसँग भन्नु भएको हो । म जे पनि बुझाउन तयार छु, जेसुकै गर्न तयार छु । मलाई प्रधानमन्त्री बनाउनका लागि भारतलाई मनाउन मलाई अह्राउनु भएको थियो’, मुकुलले भनेका थिए, ‘तर मैले यो कुरा पहिले गर्न सकिनँ । तर म यो कुरा आज खुलासा गर्दैछु, मैले पहिले नै भन्न सक्थेँ तर अहिले यी कुरा सार्वजनिक गर्न उचित ठानेँ ।’

स्वर्णिमको जवाफ

महामन्त्रीबाट निलम्बित ढकालले कुटपिटदेखि नेपाललाई भारत संरक्षित राज्य बनाउन लागेको आरोप उपसभापति वाग्लेले बिहीबार जवाफ दिएका छन् ।

रास्वपाद्वारा बिहीबार राजधानीमा आयोजित आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिबारेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा वाग्लेलाई पत्रकाहरूले घेरा हाले ।

असार २६ र २९ गते ढकालले लगाएका आरोपबारे पत्रकारहरूले उपसभापति वाग्लेलाई घेर्दै प्रश्न गरेका थिए । त्यसपछि वाग्लेले मुकुललाई लक्षित गर्दै जवाफमा भने, ‘बाटोमा हिँड्ने गँजडीहरूको जवाफ दिनु पर्छ जस्तो लाग्दैन ।’

उनले मुकुले लगाएका आरोपबारे जवाफ दिनु उचित नहुने तर्क गर्दै पन्छिन खोजेका थिए । तर उनी आफ्नो सवारीसाधनमा नपुगुन्जेल पत्रकारले घेरिरहे ।

‘यसबारे जवाफ दिनै पर्दैन । तपाईंहरू सडकका गँजडीहरूका कुरा र कानेखुसीबारे किन पछि लाग्नु हुन्छ ?’, उनले उल्टै पत्रकारहरूलाई भने, ‘उहाँ (मुकुल) ले हामीमाथि लगाएका आरोपका प्रमाण छैनन् भनिसक्नु भएको छ । आरोप त जे पनि लाग्छ नि, लगाउँछन् नि !’

उनी मुकुलबाट लगाइएका आरोपबारे पार्टी प्रवक्ता मनिष झाले जवाफ दिइसकेको भन्दै फेरि पन्छिन खोजे । तर पत्रकारहरूले तपाईंकै मुखबाट जवाफ चाहियो भनेर घेरिरहे ।

‘प्रवक्ता (मनिष झा) ले जवाफ दिइसक्नु भएको छ, उहाँ (मुकुल ढकाल) बाट लगाइएको त्यो आरोप वाहियात हो, ‘ननसेन्स’ हो । त्यो आरोप वाहियत हो भन्ने कुरा प्रष्टै छ नि ! उहाँलाई हामीले प्रमाणित गर्नुस् भनिसकेका छौँ ।’

वाग्लेले मुकुललाई आफूले कुट्ने धम्की दिएको कुरा नै हावादारी भएको टिप्पणी गरे । ‘उहाँले आरोप लगाएका बेला म छँदै थिइनँ काठमाडौंमा’, उनले भने, ‘मैले धेरै ठाउँमा भनिसकेको छु, त्यस्ता ‘नन्सेन्स’ कुराको पछि लाग्नुको कुनै अर्थ छैन ।’

सम्बन्धित समाचार

रास्वपामा कसरी एक्लिए मुकुल ढकाल ? 

कारबाहीमा परेपछि मुकुलले भने : रवि क्लबबाट निस्किएँ, घण्टी बज्न रोकिँदैन 

मुकुल ढकालले भने : रास्वपा रविको क्लबमा परिणत भइसक्यो, म महामन्त्री पदमै छु 

अबको ३५ दिनले तय गर्नेछ रास्वपामा मुकुलको भविष्य 

मुकुल ढकालले भने : रास्वपा रविको क्लबमा परिणत भइसक्यो, म महामन्त्री पदमै छु

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ६ : ५४ बजे

युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु

कम्पाला– पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले

दुर्गेशको गीत ‘ताराबाजी लै लै’लाई प्रतिबन्ध लगाउन सरकारकहाँ निवेदन

काठमाडौं- गायक तथा कलाकार दुर्गेश थापाको आगामी चलचित्र ‘मास्टर्नी’ मा

लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं– लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका क्रियाकलापको कार्यान्वयनमा स्थानीय

२९ देशहरूद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

साङ्घाई– विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब