मुकुलको आरोपबारे स्वर्णिम भन्छन्- ‘गँजडी’हरूलाई जवाफ दिइरहनु पर्दैन « Khabarhub

मुकुलको आरोपबारे स्वर्णिम भन्छन्- ‘गँजडी’हरूलाई जवाफ दिइरहनु पर्दैन


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट निलम्बित मुकुल ढकालले गत असार २६ गते पत्रकार सम्मेलन गर्दै सभापति रवि लामिछाने र उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालमाथि गम्भीर आरोप लगाए ।

उनले रास्वपा अब रविको क्लबमा परिणत भइसकेको बताउँदै आफू महामन्त्री पदमै बहाल रहेको जिकिर गरे । उनले रविले जहाँ जे गल्ती गरे पनि उनले गरेको नहुने भन्दै कटाक्ष गरे ।

‘ग्यालेक्सी टेलिभिजनमा गल्ती जीबीले गरे रविले गरेनन् । अहिले रास्वपामा पनि महामन्त्रीले गल्ती गरे उहाँले गल्ती गर्नु भएन’, उनले पत्रकार सम्मेलनमा भने, ‘रवि लामिछानेले यो देशको सबैभन्दा सफल गृहमन्त्री भएँ भन्नु भयो । तर उहाँले आफ्ना गल्ती सबै अरुलाई थोपर्नु भयो ।’

त्यसपछि २९ असारमा एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उनले उपसभापति वाग्लेले कुट्ने धम्की दिएकोदेखि देशलाई भारत नियन्त्रित राज्य बनाउन खोजेकोसमेत आरोप लगाए ।

त्यसैगरी ढकालले सभापति लामिछाने दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री भएपछि जसरी पनि प्रधानमन्त्री हुने रेसमा निस्किएको बताएका थिए । त्यसबेला ढकालले भारतलाई रिझाउने जिम्मा लामिछानेले आफूलाई दिएको पनि जिकिर गरे ।

‘दोस्रो पटक गृहमन्त्री भएपछि मलाई प्रधानमन्त्री बनाउन भारतलाई मनाऊँ भनेर रवि लामिछानेले मसँग भन्नु भएको हो । म जे पनि बुझाउन तयार छु, जेसुकै गर्न तयार छु । मलाई प्रधानमन्त्री बनाउनका लागि भारतलाई मनाउन मलाई अह्राउनु भएको थियो’, मुकुलले भनेका थिए, ‘तर मैले यो कुरा पहिले गर्न सकिनँ । तर म यो कुरा आज खुलासा गर्दैछु, मैले पहिले नै भन्न सक्थेँ तर अहिले यी कुरा सार्वजनिक गर्न उचित ठानेँ ।’

स्वर्णिमको जवाफ

महामन्त्रीबाट निलम्बित ढकालले कुटपिटदेखि नेपाललाई भारत संरक्षित राज्य बनाउन लागेको आरोप उपसभापति वाग्लेले बिहीबार जवाफ दिएका छन् ।

रास्वपाद्वारा बिहीबार राजधानीमा आयोजित आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिबारेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा वाग्लेलाई पत्रकाहरूले घेरा हाले ।

असार २६ र २९ गते ढकालले लगाएका आरोपबारे पत्रकारहरूले उपसभापति वाग्लेलाई घेर्दै प्रश्न गरेका थिए । त्यसपछि वाग्लेले मुकुललाई लक्षित गर्दै जवाफमा भने, ‘बाटोमा हिँड्ने गँजडीहरूको जवाफ दिनु पर्छ जस्तो लाग्दैन ।’

उनले मुकुले लगाएका आरोपबारे जवाफ दिनु उचित नहुने तर्क गर्दै पन्छिन खोजेका थिए । तर उनी आफ्नो सवारीसाधनमा नपुगुन्जेल पत्रकारले घेरिरहे ।

‘यसबारे जवाफ दिनै पर्दैन । तपाईंहरू सडकका गँजडीहरूका कुरा र कानेखुसीबारे किन पछि लाग्नु हुन्छ ?’, उनले उल्टै पत्रकारहरूलाई भने, ‘उहाँ (मुकुल) ले हामीमाथि लगाएका आरोपका प्रमाण छैनन् भनिसक्नु भएको छ । आरोप त जे पनि लाग्छ नि, लगाउँछन् नि !’

उनी मुकुलबाट लगाइएका आरोपबारे पार्टी प्रवक्ता मनिष झाले जवाफ दिइसकेको भन्दै फेरि पन्छिन खोजे । तर पत्रकारहरूले तपाईंकै मुखबाट जवाफ चाहियो भनेर घेरिरहे ।

‘प्रवक्ता (मनिष झा) ले जवाफ दिइसक्नु भएको छ, उहाँ (मुकुल ढकाल) बाट लगाइएको त्यो आरोप वाहियात हो, ‘ननसेन्स’ हो । त्यो आरोप वाहियत हो भन्ने कुरा प्रष्टै छ नि ! उहाँलाई हामीले प्रमाणित गर्नुस् भनिसकेका छौँ ।’

वाग्लेले मुकुललाई आफूले कुट्ने धम्की दिएको कुरा नै हावादारी भएको टिप्पणी गरे । ‘उहाँले आरोप लगाएका बेला म छँदै थिइनँ काठमाडौंमा’, उनले भने, ‘मैले धेरै ठाउँमा भनिसकेको छु, त्यस्ता ‘नन्सेन्स’ कुराको पछि लाग्नुको कुनै अर्थ छैन ।’

सम्बन्धित समाचार

रास्वपामा कसरी एक्लिए मुकुल ढकाल ? 

कारबाहीमा परेपछि मुकुलले भने : रवि क्लबबाट निस्किएँ, घण्टी बज्न रोकिँदैन 

मुकुल ढकालले भने : रास्वपा रविको क्लबमा परिणत भइसक्यो, म महामन्त्री पदमै छु 

अबको ३५ दिनले तय गर्नेछ रास्वपामा मुकुलको भविष्य 

मुकुल ढकालले भने : रास्वपा रविको क्लबमा परिणत भइसक्यो, म महामन्त्री पदमै छु

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ६ : ५४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको