प्रभु केबलकारले ३० करोडको आईपीओ ल्याउँदै | Khabarhub Khabarhub

प्रभु केबलकारले ३० करोडको आईपीओ ल्याउँदै


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रभु ग्रुपको स्वामित्वमा रहेको प्रभु केबलकारको सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन हुने भएको छ । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको काम कम्पनीले अगाडि बढाएको छ । 

उक्त केबलकारमा प्रभु ग्रुप्स एण्ड कम्पनिज अन्तर्गतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाइड्रो होल्डिङ एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाइड्रो इक्युपमेन्ट इन्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानी रहेको छ । 

प्रभु केबलकारको लगानीमा तीनवटा केबलकार परियोजनाहरू अगाडि बढेका छन् । जसमध्ये बुटवलमा भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केबलकार परियोजना गत असोजदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

उक्त केबलकारमा ७५ भन्दा बढी व्यक्तिले यात्रा गरिसकेको कम्पनीले जनाएको छ । यो केबलकार बुटवलस्थित फूलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । 

यस कम्पनीले चालु आ.व.को पहिलो त्रैमासिकमा ५ करोड रुपैयाँभन्दा बढि मुनाफा आर्जन गरेको कम्पनीले जानकारी दिएको छ । प्रभु केबलकारको आईपीओ निष्कासनको लागि बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ४ : ३१ बजे

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको