आजका समाचार : शोकबिदाले विवादमा सरकार, मन्त्री फेर्ने तयारीमा ओली-देउवा र अमेरिकी निर्णयले विश्वभर तरंग | Khabarhub Khabarhub

आजका समाचार : शोकबिदाले विवादमा सरकार, मन्त्री फेर्ने तयारीमा ओली-देउवा र अमेरिकी निर्णयले विश्वभर तरंग


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले स्वर्गीय ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्‍टि गर्ने निर्णय गरेको छ । राजकीय सम्मान व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयलाई दिइएको छ ।


बैठकले ढुङ्गानाको निधनमा स्वदेश तथा विदेशस्थित सबै सरकारी कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा समेत दिएको छ ।

पूर्वसभामुख ढुंगानाको निधनमा पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

‘पूर्वसभामुख ढुंगानाले पुर्‍याएको योगदान इतिहासमा लेखिने छ’

 पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानसहित अन्त्येष्टि (तस्बिरहरू)

प्रधानमन्त्रीलगायत नेताहरूद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिने

प्रधानमन्त्री ओली र सभापति देउवा छलफलमा, केही मन्त्री हेरफेरको तयारी

सत्तारुढ दुई दलका नेताहरूबीच सोमबार साँझ संवाद हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच साँझ ६ बजेपछि भेटवार्ता हुने भएको हो ।


सत्तारुढ दुई दलका शीर्ष नेताबीचको भेटमा मन्त्रिपरिषद्का सदस्य हेरफेरबारे छलफल हुन सक्ने बताइएको छ । प्रधानमन्त्री ओलीनिकट स्रोतले पनि मन्त्री हेरफेरबारे छलफल हुने खबरहबलाई बताएको छ ।

पछिल्लो समय केही मन्त्रीको काम चित्त बुझ्दो नरहेको भन्दै हटाउनुपर्ने आवाज उठिरहेकोछ । यस्तोमा एमाले र कांग्रेसबाट सरकारमा रहेका केही मन्त्रीलाई बिदा गरेर नयाँलाई अवसर दिने तयारी भइरहेको छ ।

एमाले अध्यक्ष ओली गत असार ३० गते चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । असार १७ गते राति बूढानीलकण्ठस्थित एक घरमा कांग्रेस र एमालेबीचको सहमतिअनुसार प्रधानमन्त्री बनेका ओलीले पहिलो तीन महिनामा सरकारलाई अपेक्षाअनुसार अघि बढाउन सकेका छैनन् ।

देउवा बालुवाटार हिँड्नुअघि बूढानीलकण्ठ पुगेका थिए गृहमन्त्री

पूर्वमुख्यसचिव अर्यालले दिए राजीनामा

गृहलाई आयोगको निर्देशन- उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउनू

उपनिर्वाचन : भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न आयोगको निर्देशन

‘नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यको महत्व छ’

देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ : उपाध्यक्ष ज्ञवाली

कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड
नेपाल चेम्बर अफ कमर्सले राजश्व नीति र कर प्रणालीबारे वृहत अन्तरक्रिया सम्पन्न गरेको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व विभाग, निजी क्षेत्रका प्रतिनिधि लगायत सरोकारवाला निकायलाई बोलाएर चेम्बरले कर प्रणालीमा देखिएका चुनौती र सम्बोधन गर्नुपर्ने विषयबारे वृहत अन्तरक्रिया गरेको हो ।

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

गत वर्ष लक्ष्यको आधा मात्रै, यसवर्ष पूरा होला हजार मेगावाटको लक्ष्य ?

साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना

मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण

बेनीमा तीन सय योजना कार्यान्वयनमा

बसको ठक्करबाट ढलेकी सम्झना उठ्न खोज्दै थिइन्, ब्याक गरेर किचियो
स्कुलबाट आइतबार अपरान्ह साढे ४ बजे साइकलमा घर फर्किरहेको अवस्थामा बसले किचेर बालिकाको मृत्यु भएपछि सुनसरीको खनारमा तनाव भएको छ । तनाव बढेपछि अवस्थालाई हिंसात्मक हुन नदिन प्रहरीले आइतबार राति ३८ राउण्ड हवाइ फायर गरेको छ ।

इटहरीबाट विराटनगरतर्फ जादै गरेको प्रदेश नम्बर १–०१–००१ ख ४५७४ नम्बरको यात्रु बसले इटहरी उपमहानगरपालिका–१० डुमरटका बस्ने १४ वर्षीया बालिका सम्झना यादवलाई किचेर मारेको भन्दै स्थानीय आक्रोशित भएका थिए । त्यसक्रममा जम्मा भएको भिडले बसमा आगजनी गरेपछि तनाव बढेको थियो ।

मृतकका परिवारसँग सहमति, झाँक्री भुजेलले ५२ लाख दिने

आज राति ११ बजेदेखि पृथ्वीराजमार्ग बन्द हुने

मलेखु–मुग्लिन सडकको काम तीव्र गतिमा

आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी

स्थानीय तहका मुद्दा समाधानमा मेलमिलापलाई प्राथमिकता

अमेरिकालाई जर्मनीको झट्का, युक्रेनलाई लामो दूरीको मिसाइल नदिने
पदबाट बिदा हुने बेलामा अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाको भित्री भागसम्म लामो दूरीको मिसाइल हान्ने अनुमति आइतबार युक्रेनलाई दिए ।

राष्ट्रपति पद सकिने समयमा बाइडेनले दुई वर्षदेखि जारी युद्धमा युक्रेनको पक्षमा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका थिए । अमेरिकाको उक्त निर्णयपछि बेलायत र फ्रान्सले पनि युक्रेनलाई लामो दूरीको मिसाइल दिने बताएका थिए । तर रसियासँग युद्ध गरिरहेको युक्रेनलाई सघाउने कुरामा अमेरिकापछिको बलियो साझेदार जर्मनीले भने लामो दूरीको मिसाइल नदिने भएको छ।

भारतद्वारा लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण

श्रीलंकामा नयाँ मन्त्रिपरिषद् द्वारा शपथ ग्रहण

युक्रेनलाई रूसविरुद्ध लामो दुरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति

प्रदूषणले भारतको राजधानीका विद्यालय बन्द, अनलाइन कक्षा सुरु

इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ८ : ०१ बजे

कर्मचारीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तालाबन्दी

जुम्ला – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको

हिमालय पग्लने र समुद्र सतहको वृद्धिका समस्या मिलेर समाधान गर्न आग्रह

अजरबैजान – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालयका हिउँ

सामूहिक निर्वासनका लागि सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

वासिङ्टन – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय

पर्यटकीय गन्तव्य बन्दै श्रम संस्कृति पार्क

सुनसरी – पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३

नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ

काठमाडौं – नक्कली फेसबुक आइडिको प्रयोग गरी रु २७ लाख