दक्षिण कोरियाका राष्ट्रपति भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन मानेनन् « Khabarhub

दक्षिण कोरियाका राष्ट्रपति भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन मानेनन्


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बुधबार देशको भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार गरेका छन् ।

डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसद्ले उहाँलाई गता साता जिम्मेवारीबाट हटाएको थियो । राष्ट्रपतिको कदमले दक्षिण कोरियालाई दशकौँपछि सबैभन्दा खराब राजनीतिक संकटलाई निम्त्याएको छ ।

भ्रष्टाचार अनुसन्धान कार्यालयका अनुसन्धानकर्ताहरूले उनलाई विद्रोह र शक्तिको दुरुपयोगको आरोपमा सोधपुछका लागि स्थानीय समयानुसार बिहान १०ः०० बजे सियोलस्थित आफ्नो कार्यालयमा बोलाएका थिए ।

कार्यालयका एक अधिकारीले एएफपीसँग भने, ‘राष्ट्रपति युनलाई आज अनुसन्धानका लागि बोलाइएको थियो तर उपस्थित हुनुभएन ।’

योनहाप समाचार संस्थाका अनुसार युनको कानुनी टोलीले राष्ट्रपतिले अदालतमा मुद्दा लड्ने प्रतिबद्धता जनाएको छ ।

‘हामीले अनुसन्धान प्रक्रियामा सघाउने कुरामा विमति राखेका छैनौँ, अनुसन्धानमा सघाउने छौँ,’ युनको टोलीका सेओक डोङ–ह्योनलाई उद्धृत गर्दै समाचार एजेन्सी योन्हापले जनाएको छ ।

भ्रष्टाचार अनुसन्धान कार्यालयले यसै हप्ता युनलाई अनुसन्धानका लागि पठाएको पत्र राष्ट्रपति कार्यालयका एक व्यक्तिले बुझ्न अस्वीकार गरेपछि फिर्ता भएको थियो ।

अनुसन्धानकर्ताहरूले दोस्रो परिपत्रका लागि तयारी गरिरहेको बताएका छन्, तर भ्रष्टाचार अनुसन्धान कार्यालयका प्रमुख ओह डोङ–वुनले मंगलबार संसदमा भने, ‘अधिकारीहरूले गिरफ्तारी वारेन्ट जारी गर्ने वा नगर्ने बारे पनि ‘छलफल’ गरिरहेका छन् ।

युनमाथि दक्षिण कोरियाली अभियोजकका साथै प्रहरी, रक्षा मन्त्रालय र भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ । राष्ट्रपतिमाथि अहिले पनि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  २ : ४७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका