जनकपुरलाई हराउँदै एनपीएलको फाइनलमा सुदूरपश्चिम | Khabarhub Khabarhub

जनकपुरलाई हराउँदै एनपीएलको फाइनलमा सुदूरपश्चिम

विनोद भण्डारीको अर्धशतक


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायरमा जनकपुरलाई बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हराउँदै एनपीएलको पहिलो सिजनमै उपाधि भिडन्तका लागि फाइनलमा पुगेको हो ।

टस हारेर १४० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाएको हो ।

सुदूरपश्चिमलाई फाइनलमा पुर्‍याउन नटआउट रहेका विनोद भण्डारीले अर्धशतकी पारी खेले । जारी प्रतियोगितमा उनको यो पहिलो अर्धशतक हो ।

उनले ४१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाउँदै सुदूरपश्चिमलाई उपाधिनजिक पुर्‍याउन निर्णायक भूमिका खेले ।

जनकपुरविरुद्ध विनोदले ५५ बलमा अविजित ५८ रन जोडे । उनले ३ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाएका हुन् ।

सुदूरपश्चिमका ओपर सैफ जाइबले २१ बलमा ३२ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

पहिलो विकेट खसेपछि ब्याटिङमा उत्रिएका ब्रान्डन म्यकमुल्लनले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे ।

दोस्रो विकेट खसेपछि ब्याटिङमा आएका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित २० रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे ।

बलिङतर्फ जनकपुरका बलर सुदूरपश्चिमका ब्याटरसामु चल्न सकेनन् । ललित राजवंशी र किशोर महतोले समान १–१ विकेट लिए ।

सुदूरपश्चिम फाइनलमा प्रवेश गरेसँगै दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टिम जनकपुरबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायरको खेल बिहीबार हुनेछ ।

दोस्रो क्वालिफायरको विजेताले सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार त्रिवि क्रिकेट मैदानमै हुनेछ ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ४ : १४ बजे

किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ

सर्लाही – किशोर अपहरणमा संलग्न भएको अभियोगमा एक भारतीयसहित तीन

भारतद्वारा भानुआतुलाई ५ लाख डलर सहायता प्रदान

काठमाडौं – भारतले दक्षिण प्रशान्त महासागरमा अवस्थित टापुराष्ट्र भानुआतुलाई ५

सरकारले कामको गति बढाउन जरूरी छः महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा

गुल्मीको अग्लुङ–प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

काठमाडौं – गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका