जनकपुरलाई हराउँदै एनपीएलको फाइनलमा सुदूरपश्चिम « Khabarhub

जनकपुरलाई हराउँदै एनपीएलको फाइनलमा सुदूरपश्चिम

विनोद भण्डारीको अर्धशतक


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायरमा जनकपुरलाई बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हराउँदै एनपीएलको पहिलो सिजनमै उपाधि भिडन्तका लागि फाइनलमा पुगेको हो ।

टस हारेर १४० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाएको हो ।

सुदूरपश्चिमलाई फाइनलमा पुर्‍याउन नटआउट रहेका विनोद भण्डारीले अर्धशतकी पारी खेले । जारी प्रतियोगितमा उनको यो पहिलो अर्धशतक हो ।

उनले ४१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाउँदै सुदूरपश्चिमलाई उपाधिनजिक पुर्‍याउन निर्णायक भूमिका खेले ।

जनकपुरविरुद्ध विनोदले ५५ बलमा अविजित ५८ रन जोडे । उनले ३ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाएका हुन् ।

सुदूरपश्चिमका ओपर सैफ जाइबले २१ बलमा ३२ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

पहिलो विकेट खसेपछि ब्याटिङमा उत्रिएका ब्रान्डन म्यकमुल्लनले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे ।

दोस्रो विकेट खसेपछि ब्याटिङमा आएका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित २० रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे ।

बलिङतर्फ जनकपुरका बलर सुदूरपश्चिमका ब्याटरसामु चल्न सकेनन् । ललित राजवंशी र किशोर महतोले समान १–१ विकेट लिए ।

सुदूरपश्चिम फाइनलमा प्रवेश गरेसँगै दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टिम जनकपुरबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायरको खेल बिहीबार हुनेछ ।

दोस्रो क्वालिफायरको विजेताले सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार त्रिवि क्रिकेट मैदानमै हुनेछ ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ४ : १४ बजे

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको

कांग्रेसको वडा अधिवेशन सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको

नेपालको संविधान : शान्ति र सहकार्यको साझा दस्तावेज

काठमाडौं- कुनै पनि देशको संविधान राज्यअर्थात् शासन सञ्चालनको कानुनी दस्तावेज

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९