आजका समाचार : नाममा प्रधानमन्त्रीको सम्बोधनदेखि मेडिकल कलेजका विद्यार्थीको आन्दोलनसम्म | Khabarhub Khabarhub

आजका समाचार : नाममा प्रधानमन्त्रीको सम्बोधनदेखि मेडिकल कलेजका विद्यार्थीको आन्दोलनसम्म


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा विश्वलाई समृद्ध बनाउन ‘नाम’ले निर्णायक भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्रीको जोड, राष्ट्रियसभा निर्वाचनमा सुरक्षा प्रबन्धबारे निर्देशन, मतदान केन्द्रमा पुग्यो मतपत्र, बचतकर्ताको सुरक्षा मेरो पहिलो प्राथमिकता : रवि लामिछाने, मेडिकल कलेजका विद्यार्थी ९ दिनदेखि आन्दोलनमा,आशुतोषको शतकमा बागमती विजयी, गुजरातमा डुङ्गा डुब्दा १४ जनाको मृत्युलगायतका समाचार रहनेछन् ।

 दिगो शान्ति सुनिश्चित गर्न प्रतिबद्ध : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्याएर दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्  । 

युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपाल आफैँले विकास गरेको शान्ति प्रक्रियाको ‘मोडल’ बाह्य जगत्का लागि अनुकरणीय रहेको बताए । 

‘द्वन्द्वबाट स्थापित नेताका रूपमा सम्बोधन गर्दैगर्दा मलाई के विश्वास छ भने शान्ति सम्भव छ । दृढ विश्वास र इच्छाशक्तिले राष्ट्र र विश्वव्यापीरूपमा रहेका ऐतिहासिक, सामाजिक, सांस्कृतिक र आर्थिक अन्यायलाई सम्बोधन गर्न सकिन्छ’, प्रधानमन्त्री दाहालले भने । 

थप…

प्रधानमन्त्री प्रचण्डले भने -साझा चुनौती सम्बोधन गर्न ‘नाम’ले नेतृत्व लिनुपर्छ

विश्वलाई समृद्ध बनाउन ‘नाम’ले निर्णायक भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री

 मतदान केन्द्रमा पुग्यो मतपत्र
निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाइ गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेको छ ।

सो निर्वाचनका लागि ३८ प्रकारका कूल छ हजार नौ सय १० मतपत्र छपाइ गरी पठाइएको हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ ।

राष्ट्रियसभा निर्वाचनमा सुरक्षा प्रबन्धबारे निर्देशन

राज्यले मधेशी समुदायमाथि विभेद गरिरहेको छ : महन्थ ठाकुर

भौतिक पूर्वाधारमन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको सडक र पूर्वी खण्डअन्तर्गतको निर्माणाधीन पुलको आज अनुगमन गरेका छन् । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको प्रगतिबारे उनले आज जानकारी लिएका हुन् ।

मन्त्रालयका सचिव, महानिर्देशकसहित मन्त्री ज्वालाले उक्त खण्डको अनुगमन गर्दै काममा तीव्रता दिन निर्देशन दिएका छन् ।

पश्चिम खण्डको काम निकै सुस्त भएकाले यसलाई तीव्रता दिन आवश्यक रहेको मन्त्री ज्वालाको भनाइ थियो । पश्चिम खण्डको काममा ढिलाइ हुँदा गुनासो आएकाले कामको गति बढाउन मन्त्री ज्वालाले निर्देशन दिए ।

शिक्षालाई सीप र श्रमसंग जोड्नुपर्छ : नेता पौडेल

बचतकर्ताको सुरक्षा मेरो पहिलो प्राथमिकता हो : रवि लामिछाने

कांग्रेसको पछि नलागे माओवादीले राष्ट्रिय पार्टी बन्नसमेत होडबाजी गर्नुपर्छ : नेता पोखरेल

लगानी सम्मेलनको तयारी तीव्र पार्न निर्देशन

सिचाई आयोजना निर्माणमा बजेटको कमी हुँदैन : मन्त्री बस्नेत

मेडिकल कलेजका विद्यार्थी ९ दिनदेखि आन्दोलनमा
गुणस्तरीय खानाको माग गर्दै राजधानीको जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजका विद्यार्थी विगत ९ दिनदेखि आन्दोलनरत छन् । कलेजमा होस्टेल अनिवार्य गर्नुका साथै मेसमा गुणस्तरहीन खाना दिइएको भन्दै कलेजमा एमबीबीएस पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् ।

कलेज प्रशासनले होस्टेल अनिवार्य गर्नुका साथै साथै क्यान्टिनको खाना गुणस्तरहीन हुँदा पनि जबरजस्ती त्यही खाना खान बाध्य पारेको आन्दोलनरत विद्यार्थीको आरोप छ ।

त्रिविले दियो ०५८ पछि थेसिस बुुझाउन बाँकी विद्यार्थीलाई अन्तिम मौका

हुण्डीको आशंकामा नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड बरामद

खेलकुद…

प्रधानमन्त्री कप 
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ ।

शुक्रबार टियु क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा बागमतीले कोशीलाई ६४ रनले पराजित गरेको हो । जितका लागि २७४ रनको लक्ष्य पछ्याएको कोशी ४७ दशमलव १ ओभरमा अलआउट हुँदै २ सय ९ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन बनाए ।


त्यस्तै अंकित सुवेदीले ५३ रनको योगदान दिए । बागमतीका इशान पाण्डेले ५ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले बागमतीले ४८ दशमलव ३ ओभरमा अलआउट हुँदै २ सय ७३ रन जोड्यो ।

बागमतीले कोशीलाई दियो दुई सय ७४ रनको चुनौती

बागमती प्रदेशका आशुतोष घिरैयाको शतक

अन्तर्राष्ट्रिय…

एक करोड ५० लाख टन लिथियम 
थाइल्यान्डमा करिब एक करोड ५० लाख टन लिथियम भण्डार फेला परेको छ । आफ्नो मुलुकमा लिथियमको भण्डार पत्ता लगाएको एक जना सरकारी प्रवक्ताले शुक्रबार बताएका छन् ।

उक्त खोजले विद्युतीय सवारी उत्पादनका लागि क्षेत्रीय ‘हब’ बन्ने मुलुकको लक्ष्यलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । यस खोजले बोलिभिया र अर्जेन्टिनापछि थाइल्यान्डसँग तेस्रो सबैभन्दा ठूलो लिथियम स्रोत रहेको देखाएको छ तर यसलाई व्यावसायिक रूपमा कति दोहन गर्न सकिन्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

सरकारका उपप्रवक्ता रुडक्लाओ इन्टावोङ सुवानकिरीले दि नेसन टेलिभिजनलाई एक करोड ४८ लाख टन लिथियमको भण्डार दक्षिणी प्रान्त फाङ नगामा दुई अलग अलग साइटको बीचमा फैलिएको जानकारी दिए ।

बंगलादेशमा कोभिड-१९ को जेएन १ भेरियन्ट भेटिएको पुष्टि

उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण

गाजामा थप सामग्री वितरणको महासचिव गुटेरेसद्वारा स्वागत

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ७ : ५९ बजे

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

गाजा – इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा सन् २०२३

मनसुनजन्य विपदमा परी सुदूरपश्चिममा पाँचको मृत्यु, दुई बेपत्ता

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखिको वर्षासँगै बाढी, डुबान र

वातावरणका लागि हरित ऊर्जा विस्तारसम्बन्धी नीतिगत संवाद

काठमाडौं– वातावरणका लागि हरित ऊर्जा विस्तारसम्बन्धी नीतिगत संवाद कार्यक्रम सम्पन्न

बाढी पहिराका कारण १९ राजमार्ग अवरुद्ध

काठमाडौं – भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न १९

बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय