सहिदले देखाएको त्यागको निष्ठा र आदर्शलाई पूरा गर्नुपर्छ : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

सहिदले देखाएको त्यागको निष्ठा र आदर्शलाई पूरा गर्नुपर्छ : अध्यक्ष नेपाल


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई बलियो बनाउनुपर्ने बताएका छन्  ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको राष्ट्रियता अखण्डता, सार्वभौमसत्ता र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनका साथै देशमा निरङ्कुशताको अन्त्य गरी लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि जीवनको बलिदान गरेका सहिदको त्याग, निष्ठा र आदर्शलाई पूरा गर्नुपर्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले मुलुकमा आर्थिक तथा सामाजिक रूपान्तरणका माध्यमबाट सबै जनतालाई सुखी र समृद्ध बनाउनुपर्नेमा जोड दिए।

उनले लोकतान्त्रिक पद्धतिबाट जनताको स्वतन्त्रता, सामाजिक न्याय र समानता कायम गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धि कायम गर्न सकिने विश्वास व्यक्त गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले समाजमा विद्यमान वर्गीय शोषण, सबै प्रकारका विभेदको अन्त्य गरी जनताको आर्थिक रूपान्तरण गर्न संवैधानिक व्यवस्थाअनुसार सबै जनप्रतिनिधिमूलक संस्था तथा राज्यका सबै अङ्गले लोकतान्त्रिक मूल्य, मान्यता अवलम्बन गर्नुपर्नेमा जोड दिए।

लोकतन्त्रको विशेषताका रूपमा रहेको न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र स्थापना गर्न खाँचो औँल्याउँदै समाजवादको कार्यभार पूरा गर्न पार्टीले अवलम्बन गरेको वैचारिक दृष्टिकोण तथा आदर्शलाई स्थापित गर्न आवश्यक रहेको बताए।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १२ : २७ बजे

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार

दुई दिन शेयर कारोबार नहुने

काठमाडौं – बुधबार र बिहीबार पुँजी बजारमा शेयर कारोबार नहुने

संसद् भवनभित्र मृतक भेटिए भनेर भ्रम नफैलाउन प्रहरीको आग्रह

काठमाडौं – नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृतक भेटिएर

कडा सुरक्षा चेकजाँचमा सेना, हिँडडुल गर्न पाइन्छ ?

काठमाडौँ – मङ्गलबार बेलुकी १० बजेदेखि देशको सुरक्षा कमाण्ड सम्हालेको