काठमाडौं– पाँच दलीय गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सो कार्यक्रममा रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यले लगानी गर्ने नीति लिएको छ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सिंहदरबारबाट साझा कार्यक्रम सार्वजनिक गर्दै एकीकृत ऊर्जा नीति बनाइने बताए । साथै पूर्वाधार विकासमा देखिएको अवरोध हटाउने समेत बनाए ।
उनले साझा कार्यक्रम पढ्दै उत्पादनका क्षेत्रमा डिजिटल प्रविधि अपनाउने बताए । यस्तै युवालाई रोजगारसँग जोड्ने कार्यक्रम भएको समेत जानकारी दिए ।
प्रतिक्रिया