जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा « Khabarhub

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

तम्घासमुसिकोट नगरपालिका र छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । दुवै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमै अध्यापन गराउन निर्देशन जारी गरेका हुन् ।

छत्रकोट गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिकाभित्र कार्यरत राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका सम्पूर्ण पदाधिकारीले आगामी शैक्षिक सत्र २०८१ देखि आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गरेको छ । 

मुसिकोट नगरपालिकाले पनि नगरपालिका अन्तर्गतका सरकारी सेवासुधिवा लिने जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमै भर्ना गर्न अनुरोध गरेको छ । मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले सरकारी सेवासुविधा लिनेलाई सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नका लागि नैतिक प्रश्न सिर्जना भएकोले यस्तो निर्णय गरेको बताए।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ७ : ३६ बजे

छोराले जिम्मा लिएर लगे दुर्गा प्रसाईंलाई

काठमाडौं- विवादित मेडिकल व्यवसायी एवम् राजा फर्काउने अभियानमा लागेका दुर्गा

खोटाङमा थपिए तीन हजार ९८५ मतदाता

खोटाङ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर

जसपा, राष्ट्रिय मुक्ति र नाउपा नेपाल मिलेर निर्वाचनमा जाने, चुनाव चिह्न जाँतो

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता

छ लाख गरिबलाई परिचयपत्र वितरण

काठमाडौं- सरकारले देशका विभिन्न ४९ जिल्लाका ६ लाख १५ हजार