प्रधानमन्त्रीज्यू, यहाँ छ रविले पैसा लिएको प्रमाण (प्रतिवेदनसहित) « Khabarhub

प्रधानमन्त्रीज्यू, यहाँ छ रविले पैसा लिएको प्रमाण (प्रतिवेदनसहित)


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा मंगलबार गृहमन्त्री रवि लामिछानेको बचाऊ गरे । जिल्ला प्रहरी कार्यालय कास्कीमा लामिछानेविरुद्ध पूरक जाहेरी परेको स्वीकार गरेका प्रधानमन्त्रीले आफैंले न्यायाधीशजस्तो गरेर उक्त जाहेरीमा प्रमाण नपुगेको निष्कर्षसमेत सुनाए ।

प्रधानमन्त्री दाहालले कुनै आधार प्रमाणविनै प्रहरीमा लामिछानेविरुद्ध जाहेरी परेको भनिरहँदा पोखरा महानगरपालिकाले बनाएको अध्ययन समितिको रिपोर्ट खबरहबले प्राप्त गरेको छ । उक्त प्रतिवेदनको ७८ औं पृष्ठमा रवि लामिछानेको नाम छ । प्रतिवेदनमा सूर्यदर्शन सहकारीबाट लामिछानेले १ करोड रुपैयाँ लिएको स्पष्टसँग उल्लेख छ ।

प्रधानमन्त्री दाहालले संसदमा रवि लामिछानेको बचाऊ गर्दै भने, ‘हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि उहाँ कहीँ कतै जोडिएको देखिएको छैन ।’

दाहालले यसो भनिरहँदा सहकारीको सदस्य नै नरहेको व्यक्तिले ऋण लिनु झनै कानून विपरीत हुने विपक्षी सांसदहरुको प्रतिक्रिया छ । जबकि सहकारीमा आवद्ध नभए पनि महानगरको अध्ययन प्रतिवेदनले नै रवि लामिछानेले एक करोड रुपैयाँ लिएको देखाएको छ । महानगरको प्रतिवेदनमा रविको नाम उल्लेख भएकै कारण पीठितहरुले रवि विरुद्ध प्रहरीमा पूरक जाहेरी दिएका हुन् ।

हेर्नुहोस् प्रतिवेदनको पृष्ठ ७८ को अंश

 

सुनकाण्डको छानविन प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका प्रधानमन्त्री दाहालले पोखरा महानगरले गठन गरेको सहकारी ठगीसम्बन्धी अध्ययन समितिको प्रतिवेदनलाई भने अनदेखा गरेको देखिन्छ ।

कास्की जिल्ला प्रहरी कार्यालयले सूर्यदर्शन सहकारीबारे विज्ञबाट अध्ययन गराई प्रतिवेदन पेश गर्न आग्रह भएपछि महानगरले विज्ञ टोली गठन गरेर सूर्यदर्शन सहकारीको वित्तीय अपचलनबारे अध्ययन गरेको थियो ।

महानगरले ए. लामिछाने एण्ड एसोसिएट्सका प्रोपाइटर सीए अनिल लामिछाने र सहकारी विज्ञ दीपक प्रकाश आचार्यलाई विज्ञका रुपमा नियुक्त गरेको थियो । समितिले गत असोजमा प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदनको निष्कर्षमा

पेश्की फर्छ्यौटमा समेत कृत्रिम कार्य भएको भनिएको छ, जसनुसार रवि लामिछानेको नाममा पनि त्यस्तै खाता खडा गरेर पेस्की फर्र्छौट गरिएको हुन सक्ने आशंका गर्न सकिन्छ ।

यो पनि-

प्रधानमन्त्रीले नबुझेको प्रमाण

प्रधानमन्त्रीको फैसला : रविविरुद्ध प्रमाण पुगेन !

प्रधानमन्त्रीको जवाफमा कांग्रेसको चित्त बुझेन

४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई गृहमन्त्रीको चुनौती

हेर्नुहोस् महानगरले तयार पारेको प्रतिवेदनको पूर्णपाठ-

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ८ : ०२ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,