कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ? « Khabarhub

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


34.2k
Shares
  • change font
  • change font
  • change font

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा असर गर्न थाल्छ । खाना खाने बित्तिकै निन्द्रा लाग्न थाल्छ । अझ गर्मीका दिनमा निकै निद्रा लाग्ने गर्छ । तर, दिनभर अल्छी र थकानका अन्य धेरै कारणहरू पनि हुन सक्छन् । शरीरमा केही आवश्यक भिटामिनको कमी भएमा अनिद्रा र अत्यधिक निद्रा जस्ता समस्या निम्त्याउन सक्छ ।  

कुन भिटामिनको कमीले निद्रा लाग्छ त ?

भिटामिन- डी

शरीरमा भिटामिन डीको कमीका कारण निद्राको समस्या हुन थाल्छ भन्ने धेरै अनुसन्धानले पत्ता लगाएको छ । भिटामिन डी कम भएको कारणले धेरै थकान, कमजोरी र निद्रा लाग्न सक्छ । भिटामिन डीले शरीरमा क्याल्सियम र फस्फोरसलाई राम्रोसँग अवशोषित गर्न मद्दत गर्छ।

यसले हड्डी दुख्ने समस्यालाई कम गर्छ । यति मात्र होइन, भिटामिन डीले मेटाबोलिजमलाई बलियो बनाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि प्रभावकारी रूपमा काम गर्छ। शरीरमा भिटामिन डी कम हुँदा दुखाइ, मधुमेह, उच्च रक्तचाप जस्ता समस्याको जोखिम बढ्छ । त्यसैले भिटामिन डी युक्त खानेकुराको सेवन गर्ने र बिहान ८ बजे घामको किरण लिनुपर्छ।

भिटामिन- बी १२ 

जब शरीरमा भिटामिन बी १२ कम हुन थाल्छ, तब अत्यधिक निद्रा लाग्न थाल्छ । भिटामिन बी १२ को कमीले न्यूरोलोजिकल र मानसिक समस्याहरूको जोखिम बढाउँछ। एक अनुसन्धानका अनुसार शरीरमा भिटामिन बी १२ को कमीले धेरै निद्रा लाग्ने गर्छ ।

 भिटामिन बी १२  विशेष गरी शाकाहारी मानिसहरूमा कम पाइन्छ । यसका साथै बढ्दो उमेरसँगै भिटामिन बी १२ पनि कम हुन थाल्छ । यसका लागि भिटामिन बी १२ युक्त आहार लिनु आवश्यक छ। आफ्नो आहारमा सोयाबिन, दही, दूध, चीज, ओट्स, दलिया र अण्डा समावेश गर्न सकिन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ६ : २३ बजे

फागुन २१ निर्वाचन : कांग्रेसबाट युवा परिषद्की बोर्ड सदस्य आयुसा सिफारिस

काठमाडौं– फागुन २१ को आम निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर– १

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी– यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने भन्दै

सरकारले जेन-जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले सरकारले जेन-जी

नेपाल रेडियोलोजिस्ट्स एसोसिएसनले मनायो ३१औँ स्थापना दिवस

काठमाडौं– नेपाल रेडियोलोजिस्ट्स एसोसिएसन (एनआरए) ले आफ्नो ३१औँ स्थापना दिवस

प्राधिकरणमा फर्किएपछि हितेन्द्रले भने- अदालतले न्याय दियो, नयाँ जलविद्युत आयोजना अघि बढाउँछु

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबारबाट जिम्मेवारी