एकल प्रदर्शनकर्ता चापागाइँलाई भेटिन् शिक्षामन्त्रीले « Khabarhub

एकल प्रदर्शनकर्ता चापागाइँलाई भेटिन् शिक्षामन्त्रीले


६ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षामन्त्री सुमना श्रेष्ठले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंसँग भेट गरेकी छिन् ।

माइतीघर मण्डलामा विगत पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएका चापागाइँसँग शिक्षामन्त्री श्रेष्ठले प्रदर्शनस्थलमै पुगेर आज भेट गरेकी हुन् ।

मन्त्री श्रेष्ठले चापागाइँको मागलाई ऐक्यबद्धता जनाउँदै उनले उठाएको माग जायज र निकै महत्वपूर्ण भएको भन्दै माग सम्बोधन गर्ने आश्वासन दिइन् ।

आन्दोलनरत चापागाइँले प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई तीन तहको बनाउनुपर्ने, अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र कर्मचारीलाई तालिम दिनुपर्ने, विद्यालयको बजेटमार्फत सिकाइ सामग्रीको ग्यारेन्टी गर्नुपर्ने र कुन सरकारले आधारभूत तहको शिक्षा हेर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्ने आफ्नो माग रहेको शिक्षामन्त्रीलाई सुनाएका थिए ।

जवाफमा मन्त्री श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदातालाई शिक्षण अनुमति पत्र आवश्यक रहेको बताइन् । उनले अनुमति पत्र भएपछि मात्रै विद्यालय खोल्नुको औचित्य हुने भएकाले सरकारले त्यस काममा आवश्यक कदम चालिरहेको पनि बताइन् ।

यस्तै चापागाइँले आधारभूत तहको शिक्षामा सरकारी तह र निजीको असमानतालाई हटाउनुपर्ने, विद्यार्थीको दिवा खाजा खर्च १५ रहेकोमा ५० रुपैयाँ बनाउनुपर्ने, शिक्षक कर्मचारीको तलब अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउनुपर्ने मागसहित उभिएर विरोध जनाइरहेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  १ : १८ बजे

जलमग्न त्रिवि क्रिकेट मैदान, खेल प्रभावित हुने सम्भावना बढ्यो (तस्बिरहरू) 

काठमाडौँ – निरन्तरको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत

नेपाली आईटी कम्पनीलाई ग्लोबल युनिकर्न बनाइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि

मुगुमा भारी वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै

मुगु– मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो

नाइजेरियामा सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी

एजेन्सी– नाइजेरियाली सेनाले देशको उत्तरपूर्वी क्षेत्रमा रहेका दुई सैन्य अखडामा

पृथ्वीराजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध