एकल प्रदर्शनकर्ता चापागाइँलाई भेटिन् शिक्षामन्त्रीले « Khabarhub

एकल प्रदर्शनकर्ता चापागाइँलाई भेटिन् शिक्षामन्त्रीले


६ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षामन्त्री सुमना श्रेष्ठले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंसँग भेट गरेकी छिन् ।

माइतीघर मण्डलामा विगत पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएका चापागाइँसँग शिक्षामन्त्री श्रेष्ठले प्रदर्शनस्थलमै पुगेर आज भेट गरेकी हुन् ।

मन्त्री श्रेष्ठले चापागाइँको मागलाई ऐक्यबद्धता जनाउँदै उनले उठाएको माग जायज र निकै महत्वपूर्ण भएको भन्दै माग सम्बोधन गर्ने आश्वासन दिइन् ।

आन्दोलनरत चापागाइँले प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई तीन तहको बनाउनुपर्ने, अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र कर्मचारीलाई तालिम दिनुपर्ने, विद्यालयको बजेटमार्फत सिकाइ सामग्रीको ग्यारेन्टी गर्नुपर्ने र कुन सरकारले आधारभूत तहको शिक्षा हेर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्ने आफ्नो माग रहेको शिक्षामन्त्रीलाई सुनाएका थिए ।

जवाफमा मन्त्री श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदातालाई शिक्षण अनुमति पत्र आवश्यक रहेको बताइन् । उनले अनुमति पत्र भएपछि मात्रै विद्यालय खोल्नुको औचित्य हुने भएकाले सरकारले त्यस काममा आवश्यक कदम चालिरहेको पनि बताइन् ।

यस्तै चापागाइँले आधारभूत तहको शिक्षामा सरकारी तह र निजीको असमानतालाई हटाउनुपर्ने, विद्यार्थीको दिवा खाजा खर्च १५ रहेकोमा ५० रुपैयाँ बनाउनुपर्ने, शिक्षक कर्मचारीको तलब अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउनुपर्ने मागसहित उभिएर विरोध जनाइरहेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  १ : १८ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी