हावाहुरीसँगै परेको चट्याङले एकको मृत्यु, करोडौंको क्षति | Khabarhub Khabarhub

हावाहुरीसँगै परेको चट्याङले एकको मृत्यु, करोडौंको क्षति


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

उदयपुर– आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको छ ।

हावाहुरीसँगै परेको चट्याङले रौतामाई गाउँपालिका–७ का ५३ वर्षीय चन्द्रिका तामाङ परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।

हावाहुरीका कारण विभिन्न स्थानमा सडक छेउमा रुख ढल्दा ६८ वटा विद्युत्का खम्बा भाँचिएका छन् । विद्युत्का खम्बा भाँचिएपछि बेलका नगरपालिका, कटारी नगरपालिकासहित त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।

त्यसैगरी त्रियुगा नगरपालिका-९ राजाबाससहित गैरुन क्षेत्रमा विद्युत्का खम्बा ढलेर विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण गाईघाटका प्रमुख विजयबाबु खत्रीले बताए ।

खम्बा भाँचिदा एक करोड ५० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान विद्युत् प्राधिकरणको छ । विद्युत् सञ्चालन गर्न तीन दिन लाग्ने प्राधिकरणले जनाएको छ ।

हावाहुरीले चौदण्डीगढी नगरपालिकाको हडिया, सुन्दरपुर र बेलका नगरपालिका आम्बासी, भागलपुर, पुरनदह क्षेत्रमा सयौँ घरको टिनको छानो उडाएको प्रहरीले जनाएको छ । क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ४ : ३६ बजे

प्रि-एनपीएल फ्रेन्डली वार्मअप खेल टाइ (तस्बिरहरू)

काठमाडौं– माथिल्लो मूलपानी रंगशालामा बिहीबार भएको काठमाडौं गोर्खाज र कर्णाली

गृहमन्त्री भन्छन् : समय छोटो छ, सरकारलाई असफल हुने छुट छैन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकालाई

‘चुनावअघि गर्नैपरे महाधिवेशन होइन, विशेष अधिवेशन गरौँ’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई सातादेखि सानेपामा

जेन-जी आन्दोलनका घाइतेले दिए अस्पतालमै मतदाता बायोमेट्रिक विवरण (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनमा घाइते भएका युवाले आगामी निर्वाचनका लागि आफ्नो

जापानमा भालु विरुद्ध हतियार प्रयोग गर्न प्रहरीलाई अनुमति

एजेन्सी– टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी जारी गर्न प्रेरित गरे सँगै