पर्सा मालपोतका तीन अधिकृतलाई जनही आठ वर्ष कैद र साढे दुई करोड जरिवाना « Khabarhub

भ्रष्टाचार मुद्दा

पर्सा मालपोतका तीन अधिकृतलाई जनही आठ वर्ष कैद र साढे दुई करोड जरिवाना


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतले मालपोत कार्यालयका ३ जना तत्कालीन अधिकृतहरूलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जनही ८ वर्ष कैद हुने फैसला सुनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० कात्तिक २० गते दायर गरेको मुद्दामा अन्तिम निर्णय सुनाउँदै विशेष अदालतले सोमबार ती ३ जना अधिकृतहरूलाई ८ वर्ष कैदसँगै जनही साढे २ करोड रुपैयाँ जरिवाना पनि गराउने फैसला दिएको छ ।

मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी र कम्युटर अधिकृत कुमोद भण्डारीलाई जनही ८-८ वर्ष कैद सजाय निर्धारण भएको हो ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर रानाको इजलासले भ्रष्टाचार प्रकरणमा यसअघि नै दोषी ठहर उनीहरूको सजाय बुधबार निर्धारण गरेको हो ।

यस प्रकरणमा विशेषले अन्य अधिकृतहरू गोपालबहादुर ढुंगानालाई ४ वर्ष कैद सजाय र ७० लाख ९१ हजार ९०० रुपैयाँ जरिवाना निर्धारण गरेको छ ।

उता अर्का अधिकृत पदमप्रसाद अर्याललाई २ वर्ष कैद सजाय र ३३ लाख ६६ हजार २०० रुपैयाँ जरिवाना हुने फैसला पनि विशेषले दिएको छ ।

विशेषले यसअघि जेठ २८ गते नै अर्का प्रतिवादी चन्द्रबहादुर भण्डारीको हकमा ६ महिना कैद र बिगोको दोब्बर ४ लाख ८८ हजार ९०० जरिवाना तिर्नुपर्ने फैसला सुनाइसकेको छ ।

यो प्रकरणमा मुछिएका मालपोत अधिकृत किरणप्रसाद उपाध्यायको भने निधन भइसकेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेका उपाध्यायको जरिवाना भने उनका छोराहरूबाट असुलउपर गर्नुपर्ने फैसला आएको छ ।

उपाध्यायको यो बिगो विशेषको फैसलाअनुसार छोराहरू राजकिशोर, गौतम, पशुपति र मुरारी उपाध्यायबाट दामासाहीले असुलउपर गरिने छ ।

भ्रष्टाचार मुद्दामा दोषी उपाध्यायबाट विशेषले १ करोड २५ लाख ११ हजार १९० रुपैयाँ ७५ पैसा बिगो तिराउने फैसला गरेको छ ।

यस प्रकरणमा दोषी पाइएका हरिणारायण मिश्रले १ करोड २५ लाख ११ हजार ९९ सय ९० बिगो तिर्नुपर्ने भएको छ ।

के थियो प्रकरण ?

आर्थिक वर्ष २०७१/७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम (रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको दाबी अख्तियारले गरेको थियो ।

उक्त अवधिमा जग्गा किनबेचका क्रममा एकै रजिष्ट्रेशन नम्बर राखी लिखतहरू पारित गरी उठाएको राजस्व दाखिला नगरी हिनामिना गरेको भ्रष्टाचारजन्य कसुरमा उनीहरू संलग्न भएको अख्तियारले अनुसन्धानबाट पत्ता लगाएको थियो ।

अख्तियारले तत्कालीन मालपोत अधिकृत हरिणारायणविरुद्ध दुई करोड नौ लाख ३१ हजार छ सय ४७ रुपैयाँ राजश्व हिनामिनाको मुद्दा चलाएको थियो ।

त्यसैगरी अर्का मालपोत अधिकृत भूपबहादुर बोगटीविरुद्ध एक करोड ४९ लाख ६९ हजार एक सय ४५ रुपैयाँ हिनामिना गरेको मुद्दा थियो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : २६ बजे

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका

संसद्‍मा उठाइयो अस्पतालले भर्ना नलिएर फुटपाथमै बच्चा जन्माएकी महिलाको पीडा

काठमाडौं– सांसदहरूले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय