फिल्म ‘लाज शरणम्’मा ‘सक्किगोनी’ टिमका कक्रोच किन अटाएनन् ? « Khabarhub

फिल्म ‘लाज शरणम्’मा ‘सक्किगोनी’ टिमका कक्रोच किन अटाएनन् ?


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिसिरियल ‘सक्किगोनी’ टिमले फिल्म ‘लाज शरणम्’ घोषणा गरेको छ । कमलपोखरीमा शुक्रबार एक कार्यक्रम आयोजना गरी फिल्ममा कुमार कट्टेल ‘जिग्री’को लेखन र निर्देशन रहने जानकारी दिइएको हो ।

सिरियलका मुख्य कलाकारहरू अर्जुन घिमिरे ‘पाँडे’, सागर लम्साल ‘बले’ र कमणमणि नेपाल ‘खुपीका बाउ’ मुख्य भूमिकामा रहेको बताइएको छ । यस बाहेक यही फिल्ममार्फत वरिष्ठ कलाकार मुकुन्द श्रेष्ठ १२ वर्षपछि अभिनयमा फर्कंदैछन् ।

श्रेष्ठसहित नायक विजय बराल र नायिका माला लिम्बू ‘सक्किगोनी’ टिम बाहिरबाट अनुबन्ध भएको जानकारी दिइएको थियो । तर, सक्किगोनीमा मुख्य कलाकार हरिश निरौला ‘कक्रोच’ कार्यक्रममा अनुपस्थित थिए । अहिलेसम्मको अवस्थामा फिल्ममा उनको भूमिका नरहेको बताइएको छ ।

स्रोतका अनुसार कक्रोचका लागि तय भएको भूमिका विजय बरालले गर्ने भएका हुन् । त्यसपछि स्क्रिप्टमा उनको भूमिका छैन ।

कक्रोच आजको कार्यक्रममा अनुपस्थित भएकाले टिममा मनमुटाव भएको भन्ने शङ्का पैदा गर्छ । तर यो संयोग मात्रै भएको स्रोतको दाबी छ । उनी अनुपस्थित रहनुको कारण कार्यव्यस्तता नै रहेको स्रोत बताउँछ ।

स्रोत भन्छ, ‘सहमतिमै कक्रोचको रोल विजयलाई दिइएको हो । कक्रोचले निर्माण टिममै रहेर काम गर्ने सम्भावना छ ।’

यद्यपि निर्देशक कट्टेलले कलाकारहरूको लाइनअप अझै पूरा नभएको जानकारी दिएका छन् । उनले भने, ‘हामी बिस्तारै अन्य कलाकारहरूबारे पनि जानकारी दिँदै जानेछौं ।’

अर्थात्, कक्रोचको फिल्ममा अभिनय रहने सम्भावना अझै टरेको छैन ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ५ : ४६ बजे

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई

भोटेकोशी बाढीको २० दिनपछि बालेनले भेटे स्थानीय तहका जनप्रतिनिधि

ठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गत भदौ १०